‘सामान्य स्वास्थ्य सतर्कता नअपनाउदा फोक्सोपछि सबैभन्दा बढी मुखकै क्यान्सर’


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

मुख स्वस्थ राख्नको लागि सन्तुलित आहार र खानपानमा ध्यान दिन अवश्यक रहेको सरोकारवालाहरुले बताएका छन। मुख स्वास्थ अभियान नेपाल तथा आधुनिक समाज डेण्टल केयर प्रालिको आयोजनामा सञ्चालित बर्तमान समयमा मुख स्वास्थ्य शिक्षाको आवश्यकता र महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैको एउटै भनाईरहेको छ “शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ ।”

कार्यक्रममा प्रदेश स्वास्थ निर्देशनालय लुम्बिनी निर्देशक डा बिनोद गिरिले यस क्षेत्रमा मुख स्वास्थ र दातको उपचारको लागि ब्यवस्थापन गर्दै जाने बताउनु भएको छ । उहाँले प्रदेशका सबै अस्पतालमा डेन्टिस्ट टिम रहेको बताउँदै स्थानिय पालिका मतहतमा यो सेवा नरहेकोले यसको ब्यवस्थापन गर्दै जाने बताउनुभयो ।

उहाँले दातमा रहेका फोहोर बस्तुहरु निकाल्न गरिने ब्रसलाई राम्रोसँग गर्नुपर्ने बताउनुभयो । नियमित दात परिक्षण पनि गर्नुपर्ने उहाँको भनाई छ।  कार्यक्रममा बोल्दै मुख स्वास्थ अभियान नेपालका संयोजक तथा आधुनिक समाज डेण्टल केयर प्रालिका अध्यक्ष अमृत भुषालले मुख स्वास्थ तथा दातको उपचार महँगो भएकोले रोग लाग्न नदिन आग्रह गर्नुभयो । उहाँले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बचिने बताउनुभयो ।

कार्यक्रममा अहिले मुख स्वास्थक अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन तथा अर्थोडेन्टिक्स विभागिय प्रमुख डा. वर्षा थापाले फोक्सो पछि सबैभन्दा धेरै हुने क्यान्सर मुखकै हुने तथ्य सार्वजनिक गर्नुभयो । उहाँले नेपालमा अझैपनी मुख स्वास्थको बारेमा जानकारी नभएकोले पनि प्रचारप्रसार अझै बढाउन आवश्यक रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबिच आधुनिक समाज डेन्टल केयर प्रालि बुटवल र विभिन्न ४ बैंक संग सम्झौता गरेको छ।  बिगत १७ वर्षदेखि दाँत, मुख, गिँजा सम्बन्धी सेवा दिँदै आएको आधुनिक समाज डेन्टल केयर प्रा लि ले एनएमबि बैंक, एनआइसी एसिया, कामना सेवा बिकास बैंक र शाईन रेसुङा बिकास बैंक संग सम्झौता गरेको हो। सम्झौता अनुसार यी बैंकका कर्मचारीको उपचारमा १० देखि ५० प्रतिशतसम्म उपचारमा छुट दिने गरी ४ बैंकका बिचका सम्झौता भएको हो ।

सम्झौतामा आधुनिक समाज डेन्टल केयर प्रालिको तर्फबाट अध्यक्ष एवं प्रवन्ध निर्देशक अमृत भुसाल र शाईन रेसुङा बिकास बैंकका तर्फबाट नम्रता थापा, एनआइसी एसियाको सागर लम्साल, एनएमबि नवीन बिष्ट, कामना सेवा बिकास बैंकको तर्फबाट मोहनदत्त ढकालले हस्ताक्षर गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com