ऊँटको सुन्दरी प्रतियोगिता:सुन्दर देखाउन ओठको प्लास्टिक सर्जरीदेखि इन्जेक्सनसम्म, पुरस्कार ६.६ करोड डलर
प्रकाशित मिति : पुस १२, २०७८ सोमबार
संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा एक अचम्मको सुन्दरी प्रतियोगिताको आयोजना भइरहेको छ । यसले ऊँट पाल्नेलाई कौतुहलता जगाइरहेको छ । मानिस आफ्नो पोथी ऊँटलाई लिएर यो मरुभूमिमा पुगिरहेका छन् । कुन पोथी ऊँट सबैभन्दा सुन्दर हुने हो भन्ने कुरा पर्खिरहेका छन् । एपीका अनुसार यो साता ४० हजारको हाराहारीमा पोथी ऊँट संयुक्त अरब इमिरेट्सको दक्षिण–पश्चिम मरुभूमिमा पुगेका छन् ।
प्रत्येक वर्ष हुने यो सुन्दरी प्रतियोगितामा पाँच सदस्यीय निर्णायकले (जुरी) सुन्दर पोथी ऊँटमाथि आफ्नो निर्णय सुनाउँछन् । जुरीको सदस्यका अनुसार सुन्दर देखिने विषय आँखाबाट मापन गरिने छैन । उट सौन्दर्य शास्त्रको मूल्यांकनको मापदण्ड पुस्ता पहिले नै निर्धारित गरिन्छ । भाले ऊँट धेरै झगडा गर्ने भएकाले यो प्रतियोगितामा सहभागी नगराइएको हो ।
सुन्दरताको मापदण्डलाई लिएर ऊँट पाल्ने मानिस सजग भएका छन् । उनीहरुको पोथी ऊँट प्रतियोगितामा अब्बल होस् भनेर विभिन्न किसिमका कदम उठाइने गरिन्छ ।
पोथी ऊँटको ओठ बढाउन प्रतिबन्धित बोटक्स सुईकोसमेत प्रयोग गरिन्छ । उनीहरुको हम्प बढाउनका लागि ऊँटलाई सिलिकन मोम इन्जेक्सन लगाइँदै छ । उनीहरुको अनुहार नरम बनाउन र मांसपेशीलाई आराम दिने विषयमा जोड दिइन्छ ।
ऊँटको प्लास्टिक सर्जरी गराएका थुप्रै प्रतियोगीलाई यस हप्ता अयोग्य घोषित गर्नुभएको थियो भन्ने प्रश्नको जवाफ दिन यस कार्यक्रमका प्रवक्ता अब्देल हादी सालेहले अस्विकार गरे । अल धफरा फेस्टिभलमा प्रवेश पूर्व सबै ऊँट आर्टिफिशियल टच–अप र हर्मोनको जाँच सहित अन्य गहन मेडिकल टेस्टबाट गुुज्रदै आएका छन् ।
सुन्दर पोथी ऊँटले पाउँछन् ६.६ करोड डलर
यो प्रतियोगितामा धेरै कुरा जोखिममा पर्छन् । अल धफरा पर्वको प्रत्येक क्याटगोरीमा शीर्ष १० विजेतालाई १३ सय देखि १३ हजार ६०० डलरको पुरस्कार दिइने गरिन्छ । मुख्य साउदी प्रतियोगितामा सबैभन्दा सुन्दर पोथी ऊँटलाई ६.६ करोड डलरको पुरस्कार दिइन्छ । पोथी ऊँटको मोलमलाई लाखौँ दिराममा हुने गर्छ ।






