बङ्गलादेशमा गत हप्ता आगलागी भएको पानी जहाजका मालिक पक्राउ


प्रकाशित मिति : पुस १२, २०७८ सोमबार

बङ्गलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ ।

करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लागि जहाजमालिकलाई पक्राउ गरेको हो ।

कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हामफाल्नुपरेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन् ।

मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबको उनीहरूले बताएका छन् ।पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताउनुभयो । ओबिजान–१० का क्याप्टेन र चालक दलसहित आठ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताउनुभयो ।

उहाँले एएफपीलाई भन्नुभयो, “हामीले बाँचेकाहरुसँग कुरा ग¥यौं र उनीहरूले क्याप्टेनले जहाजको इन्जिन कोठामा आगलागी भएको झण्डै एक घण्टापछि मात्र जहाजलाई नदी किनारमा अवतरण गरेका थिए ।”
“यदि तिनीहरूले डुङ्गा लाई रोकेर तुरुन्तै लङ्गर लगाएको भए, यसले यी सबै बहुमूल्य जीवन बचाउन सक्थ्यो।”

बङ्गलादेशका विशेषज्ञहरूले मर्मत–सम्भारको कमी, सुरक्षा स्तर वेवास्था र समुद्री यात्रामा राखिएको अत्यधिक सङ्ख्या दुर्घटनाको कारण हुनसक्ने बताएका छन् ।

यस पहिले गत अगस्त महिनामा यात्रुहरूले भरिएको एउटा यात्रुबहाक बालुवाले भरिएको मालवाहक जहाजसँग ठक्कर खाँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com