फ्रान्समा सबै नाइट क्लब बन्द


प्रकाशित मिति : पुस १२, २०७८ सोमबार

फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ संक्रमित भए भने शनिबार यसै भाइरसका कारण ८४ मानिसको मृत्यु भएको थियो । युरोपमा बेलायतपछि फ्रान्समा ओमिक्रोन संक्रमितको संख्या बढी देखिएको छ । यसका कारण १६ हजार मानिस अस्पतालमा भर्ती भएका छन् ।

राष्ट्रपति इम्याानुुयल म्याक्रोँ र उनका मन्त्रीहरु सोमबार एक भिडियो सम्मेलन गर्ने तयारीमा जुटेका छन् । यो मिटिङमा नयाँ कोभिड सुरक्षा उपायको बारेमा कुराकानी गरिने भएको छ । ओमिक्रोनले जसरी यूरोपका अन्य देशहरुमा होहल्ला मच्चाएको छ, त्यसरी नै फ्रान्सका स्वास्थ्य अधिकारी धेरै चिन्तित देखिएका छन् ।

शुक्रबार स्वास्थ्य अधिकारीले वयस्कलाई कोरोनाको दुबै डोज लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन आग्रह गरेका छन् । फ्रान्समा हालसम्म १ लाख २२ हजार ५४६ मानिसको मृत्यु भइसकेको छ । यसैगरी ७६.५ प्रतिशतलाई पूर्ण रुपमा खोप लगाइसकिएको छ ।

हाल फ्रान्समा कोरोनाको पाँचौ लहर चलिरहेको छ । भाइरसको विस्तारको गती रोक्न नाइट क्लब बन्द गरिएको छ । नयाँ वर्षमा आतिशबाजीको कार्यक्रममा पनि रोक लगाइएको छ । स्वास्थ्य मन्त्री ओलिभियन वेरेनले आफूहरुले बूस्टर डोजमा जोड दिएको बताएका छन् । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com