क्रिसमस पार्टी चलिरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु


प्रकाशित मिति : पुस १२, २०७८ सोमबार

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो ।

सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् ।

यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अनुमान गरिएको छ ।  आत्मघाती बम विस्फोट गराउने व्यक्तिलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए । तर उसले बम सक्रिय गराएर भित्र छिरेको थियो ।’ सरकारका क्षेत्रीय प्रवक्ताले जानकारी दिए । सुरक्षा निकायका अनुसार मृत्यु हुनेमा दुई महिला र एक जना किशोरी पनि छन् ।  एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com