क्रिसमसको दिनमा न्युयोर्कको लङ आइल्याण्डमा छोराले हाने बाबुआमालाई गोली
प्रकाशित मिति : पुस ११, २०७८ आईतबार
क्रिसमसको दिनमा न्युयोर्कको लङ आइल्याण्डमा छोराले बाबुआमालाई गोली हानेका छन् । हिउलेट हार्वरको सिवेन ड्राइभमा रहेको घरमा विहान १० बजे ती व्यक्तिले ६४ बर्षकी आमालाई टाउकोमा र ६५ बर्षका बाबुलाई पिठ्युमा गोली हानेको नासु काउन्टी प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई तत्काल अस्पताल लगिएको थियो उनीहरु बाँच्ने अपेक्षा गरिएको प्रहरीको भनाई छ । गोली चलाउने व्यक्ति उनीहरुको २९ बर्षको बयस्क छोरा रहेको र पछि न्युजर्सीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिले के कारणले बाबुआमाथि गोली चलाएका थिए भन्नेबारे स्पष्ट छैन । साथै उनीमाथि के कस्ता अभियोग लगाउने भन्नेबारे पनि अझै निर्धारण भइसकेको छैन ।
अनुसन्धानकर्ताहरु घटनास्थलमा आउँदा आमालाई टाउकोमा गोली लागेर ढलेको अवस्थामा फेला पारेका थिए भने पिठ्युमा गोली लागेका बुबापनि ढलेका थिए ।






