अन्तिम मौका : १४ सयको राहत चेकका लागि साइनअप गर्ने म्याद ५ दिनमात्र


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

अमेरिकनहरुसँग १४ सय डलरको थपिएको राहत चेक प्राप्त गर्नका लागि साइनअप गर्ने डेडलाइन डिसेम्बर ३१ सम्ममात्र रहेको छ । उक्त अवधिभित्र साइनअप नगर्ने निश्चित व्यक्तिले यो राहत रकम गुमाउने सम्भावना समेत रहनेछ ।

यो रकम राष्ट्रपति जो बाइडेनले गत मार्चमा हस्ताक्षर गरेको अमेरिकन रेस्क्यु एक्टको एउटा भाग हो । यो प्याकेज अनुशार प्लस अप चेकका लागि योग्य हुनेहरुले १४ सय डलर राहत रकम प्राप्त गर्छन् ।

सन् २०१९ को ट्याक्स फाइलका आधारमा विगतमा राहत चेक पाएकाहरुलाई १४ सय डलरको यो चेक पठाइएको छ । त्यस्तै सोसल सेक्युरिटी प्रशासनबाट प्राप्त सुचनाका आधारमा पनि यो चेक पठाइएको छ । सुरुको राहत चेकका लागि आम्दानीका कारण योग्य नभएकाहरु यो रकमका लागि योग्य हुन सन् २०१९ को तुलनामा सन् २०२० मा कम आम्दानी गरेको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि सन् २०२० को ट्याक्स फाइल गर्दा कम आम्दानी गरेको वा डिपेन्डेन्ट थपिएको जस्ता केही परिवर्तन भएमा त्यस्ता व्यक्ति यो रकमका लागि योग्य हुन सक्नेछन् । आइआरएसले डिसेम्बर ३१ सम्म साइनअप नगर्नेहरुका लागि चेक जारी गर्नेछैन ।

सन् २०२० को ट्याक्स फाइल गरेकाहरुका लागि भने यो झन्झट हुँदैन । आईआरएसले सन् २०२० को ट्याक्स फाइलका आधारमा नै यो रकमका लागि योग्य भए नभएको निर्धारण गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com