भारतमा एक ब्यापारीको घरबाट १५० करोड बरामद, पैसा गन्न ६ वटा मेसिनको प्रयोग


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

छिमेकी राष्ट्र भारतको कानपुरस्थित आनन्दपुरीमा एक ब्यापारीको घरबाट १ सय ५० करोड नगद बरामद गरिएको छ । आयकर र जीएसटीका अधिकारीहरुले कानपुरको जुही थाना क्षेत्रको आनन्दपुरीमा बस्ने कन्नौजका ठूला पफ्र्यूम व्यापारी पियुष जैनको घरबाट ३६ घण्टा लगाएर १ सय ५० करोड नगद बरामद गरेको हो ।

आईटी विभागले व्यापारी जैनको घरबाट बरामद गरेको उक्त पैसा गन्नका लागि ६ वटा बैंकहरुबाट ६ वटा मेसिन नै मगाउनु परेको थियो । बरामद गरिएको उक्त १५० करोडलाई ठूलो कन्टेनरमार्फत् स्टेट बैंक लगिएको बताइएको छ ।

सुरुमा डीजीजीआईका अधिकारीहरुले कर छली गरेको आरोपमा ब्यापारी पियुष जैनको घर, कोल्ड स्टोर र पेट्रोल पम्पहरुमा छापा मारेको थियो । सोही क्रममा सय करोडौं रुपैयाँ बरामद हुन थालेपछि इन्कम ट्याक्सको टिमलाई पनि सूचना दिइएको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

त्यसपछि दुवै टोलीले ब्यापारी पियुष जैनको घरमा ३६ घण्टासम्म छापा मारेको थियो । सोही क्रममा अधिकारीहरुले पैसाको २१ वटा बाकस फेला पारेको हो । यस विषयमा आयकर विभागको टोली हिजैदेखि अनुसन्धानमा जुटेको बताइएको छ ।

जीएसटी खुफिया महानिर्देशन (डीजीजीआई)ले व्यापारी पियुष जैनका छोरा प्रत्युष जैनलाई पनि हिरासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)का अध्यक्ष विवेक जोहरीले पनि छापा मारेर करिब १५० करोड रुपैयाँ नगद बरामद गरिएको बताए ।

टोलीले कानपुर, कन्नौज, गुजरात, मुम्बईमा रहेको जैनको फ्याक्ट्री भएको सबै स्थानमा एकैसाथ छापा मारेको बताइएको छ । पियूष जैन समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको निकट मानिन्छन् । उनले एक महिनाअघि मात्रै अखिलेश यादवको उपस्थितिमा लखनऊमा समाजवादी नामको पफ्र्यूम लन्च गरेका थिए । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com