६ वर्षकी बालिकाले किनिन् ७ करोडको घर


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर एउटा यस्तो समाचार बाहिरिएको छ जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ ।

एक ६ वर्षकी बालिकाले आफ्ना भाइ–बहिनीसँग मिलेर आफ्नो एउटा घर खरिद गरेकी छिन् । यो घरको मूल्य सुन्दा पनि तपाईंलाई अचम्म लाग्ला । ६ वर्षकी बालिकाले अष्ट्रेलियाको मेलवर्नमा करिब ७ लाख डलर पर्ने घर खरिद गरेकी छिन् । ६ वर्षकी बालिकाले खेल्ने कुद्ने समयमा लगभग ८ करोड नेपाली रुपैयाँ पर्ने घर किन किनिन् भन्नेबारे जानकारी लिऔं ।

‘मेरो नाम रुबी हो र म ६ वर्षकी भएँ, म आफ्नो पहिलो घर खरिद गर्न जाँदैछु,’ रुबीले सेभेनन्यूजलाई भनिन् । यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् ।

‘आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् । ‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे ।

यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् । उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए ।

‘यो किताब मेरा सन्तानका लागि हो, उनीहरु अलि बुझ्ने भएपछि यसबारे थाहा पाउनेछन् । सम्पत्तिको पोर्टफोलियो बनाउनका लागि के कस्ता कदम चालिनुपर्छ भन्नेबारे मैले त्यसमा बताएको छु,’ म्याकलेननले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com