अदालतबाट समयमै वर्क परमिट नविकरणको आदेश दिन अस्वीकार, हजारौं एसाइलम आवेदक मारमा


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

एसाइलम आवेदकहरुले वर्क परमिट स्वत लम्बिने १८० दिनको अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि अदालतमा दायर गरिएको मुद्दामा अदालतले युएससीआईएसलाई समयमै वर्क परमिट नविकरणको आदेश दिन अस्वीकार गरेको छ । जसका कारण हजारौं एसाइलम आवेदकहरु पूरानो वर्क परमिटको म्याद सकिएको १८० दिनभित्र नविकरण गरिएको वर्क परमिट प्राप्त गर्न नसक्दा समस्यामा परेका छन् ।

आफूसँग भएको वर्क परमिटको म्याद समाप्त नहुँदै नविकरणका लागि आवेदन दिंदा पूरानो वर्क परमिट म्याद सकिएको मितिले १८० दिनसम्म काम लाग्ने नियम रहेको छ । तर उक्त १८० दिनभित्र वर्क परमिट नविकरण आवेदन स्वीकृत भई नयाँ वर्क परमिट नआएको खण्डमा नविकरण गरिएको वर्क परमिट नआउँदासम्म आवेदकले अमेरिकामा कानूनी रुपमा काम गर्न पाउँदैनन् । युएससीआईएसले १८० दिनभित्र वर्क परमिट नविकरण नगर्दा यस्तो समस्या भोग्नेहरुको संख्या उल्लेख्य छ ।

१८० दिनभित्र वर्क परमिट स्वीकृतका लागि युएससीआईएसलाई आदेश दिन माग गर्दै नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको संघीय अदालतमा अमेरिकन इमिग्रेशन काउन्सिल, एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट र लाकिन एण्ड विली एलएलपीले मुद्दा दायर गरेका थिए । तर अदालतले युएससीआईएसलाई समयमै वर्क परमिट जारी गर्ने आदेश दिन अस्वीकार गरेको छ । यद्यपी मुद्दा भने जारी नै रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समयमै नविकरण गरिएको वर्क परमिट प्राप्त गर्न नसक्दा कैयन एसाइलम आवेदकले काम गुमाएका छन् भने कैयनले गुमाउने अवस्था रहेको छ । युएससीआइएसले एसाइलमका वर्क परमिट नविकरणमा ११ महिना वा त्यो भन्दा लामो समय समेत लगाउने गरेको छ ।

एकजना नेपाली एसाइलम आवेदकले वर्क परमिट एक्सपायर हुनुभन्दा १ महिना अगाडि नविकरणका लागि आवेदन दिएको र म्याद सकिएको वर्कपरमिटको स्वत थपिएको १८० दिनको अवधि नोभेम्बरको दोश्रो साता समाप्त हुँदासम्म पनि वर्क परमिट प्राप्त नहुँदा आफू अन्यौलग्रस्त भएको खसोखासलाई बताएका थिए । झण्डै एकमहिना वर्क परमिटविहिन भएका उनले डिसेम्बरको दोश्रो साता आवेदन दिएको झण्डै ८ महिनापछि वर्क परमिट प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com