क्रिसमस ट्रीबाट आगो सल्किदा पेन्सिलभेनियामा एकै परिवारका ३ को मृत्यु, २ कुकुरको पनि ज्यान गयो


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

अमेरिकाको पेन्सिलभेनियामा क्रिसमस ट्रीबाट सुरु भएको आगोले घर जल्दा बाबु र २ छोराको मृत्यु भएको छ । सुख्खा क्रिसमस ट्री र विद्युत शटका कारण घरमा आगो लागेको पेन्सिलभेनियाको क्वेकरटाउनले जनाएको छ । आगो क्रिसमस ट्री भएको स्थानबाट सुर भएर सिंगै घर ध्वस्त भएको छ ।

आगलागीबाट बाबु एरिक किङ र उनका २ जना एलिमेन्ट्री स्कुलमा पढ्ने छोराहरुको मृत्यु भएको हो । क्रिसमसको विहानै यस्तो दुखद खबर आउँदा आफूहरु स्तब्ध भएको क्वेकरटाउन कम्युनिटी स्कुल डिस्ट्रिक्टले जनाएको छ ।

विहान १ बजेर २२ मिनेटमा घटनास्थलमा प्रहरी र अग्नी नियन्त्रकहरु पुगेका थिए । आगलागी हुँदा घरको दोश्रो तलामा परिवारका ५ जना सदस्यहरु सुतिरहेका थिए । उद्दारकर्ताहरु घटनास्थल पुग्ने बित्तिकै घरभित्र छिरेर उद्दारको प्रयास गरेपनि आगोको ज्वालाका कारण घरभित्र छिर्न असम्भव भएको थियो ।

घटनामा बाबु र दुई साना छोराहरुको मृत्यु भएको छ भने आमा र जेठा छोरा बाँच्न सफल भएका छन् ।

उद्दारकर्ताहरु पुग्दा अगाडिको ढोका र झ्याल बन्द रहेको थियो भने आगो पूरै घरमा फैलिरहेको थियो । केहीबेरपछि अग्नी नियन्त्रकहरु घरभित्र पस्दा ४१ बर्षका एरिक किङ र दुई छोराको शवमात्र भेटिएको थियो । बच्चाहरुकी आमा र घरका सबैभन्दा जेठा छोरा भने बाहिर निस्कन सफल भएका थिए । उनीहरु आगोले जलेर सामान्य घाइते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागीमा घरभित्र रहेका दुईवटा कुकुरको पनि जलेर मृत्यु भएको छ । परिवारको सहयोगका लागि गोफण्डमीमा संचालिन अभियानमा झण्डै ३ लाख डलर संकलन भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com