रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतीमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एक पटक शक्ति प्रदर्शन गरेको हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । यो हाम्रो नवीनतम मिसाइल हो जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।
प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाएका रुसी राष्ट्रपतिले बताएका छन् । पुटिनका अनुसार परिक्षण बिलकुल सफल र त्रुटिहिन रहेको छ । यसको लक्षित मार हान्ने दुरी १००० किलोमिटरसम्म रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।