१५ हजारमाझ टाइम्स स्क्वायरमा ‘न्युइयर इभ’ मनाउने तयारी


प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार

न्युयोर्क सिटीले टाइम्स स्क्वायरमा ‘न्युइयर इभ’ मनाउने कार्यक्रममा परिमार्जन गरेर बढीमा १५ हजारमात्र भेला हुन पाउनेगरी कार्यक्रम गर्ने तयारी गरेको छ । महामारी अगाडिको भींडभन्दा झण्डै चारगुणा कम व्यक्तिको उपस्थीतिमा टाइम्स स्क्वायरमा नयाँ बर्षको पूर्व सन्ध्यामा कार्यक्रम गरिने भएको छ ।

न्युयोर्कमा कोरोना संक्रमणको अवस्था तीब्र बनिरहेको अवस्थामा र संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट भेटिएको अवस्थामा मेयर बिल ब्लाजिओले नयाँ बर्षको ‘बलड्रप’ कार्यक्रममा परिमार्जनको घोषणा गरेका हुन् । न्युयोर्कको टाइम्स स्क्वायरमा नयाँ बर्षको पूर्व सन्ध्यामा खसालिने क्रिस्टल बल विश्वभरका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

नयाँ बर्षको अघिल्लो दिन टाइम्स स्क्वायरमा ३ बजेपछिमात्र प्रवेशको अनुमति दिइनेछ । कम्तीमा १४ दिन अगाडि भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाणसहित फोटोसहित परिचयपत्र देखाएपछिमात्र टाइम्स स्क्वायरमा प्रवेश पाइनेछ । ५ बर्षभन्दा माथिका सबैले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्नेछ ।

भ्याक्सिन लगाउन योग्य नभइसकेका बालबालिकाहरु टाइम्स स्क्वायरको कार्यक्रममा उपस्थीत हुन त पाउनेछन् । तर उनीहरु भ्याक्सिन लगाएका बयस्क अभिभावकका साथमा जानुपर्नेछ । अपांगता भएका कारण भ्याक्सिन लगाउन नसकेकाहरुले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ बर्षको कार्यक्रमबारे आगामी दिनमा थप परिवर्तन समेत हुनसक्ने जनाइएको छ ।

गतबर्षको टाइम्स स्क्वायरको कार्यक्रम सामाजिक दूरी कायम गरेर आयोजना गरिएको थियो भने अत्यावश्यक कामदारहरुको सानो समुहमात्र उपस्थीत भएको थियो । मेयर ब्लाजिओले एक महिना अगाडि यो बर्षको नयाँ बर्षको कार्यक्रम पूरै तागतका साथ गरिने बताएपनि ओमिक्रोन भेरियन्टको बृद्धिसँगै कार्यक्रममा परिवर्तन गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com