नरसंहारको झल्को दिने मूर्ति युनिभर्सिटी अफ हङकङको परिसरबाट हटाइयो


प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार

चीनको बेइजिङस्थित तियानानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा एक मूर्तिकारले युनिभर्सिटी अफ हङकङको परिसरमा  स्थापना गरेको एउटा स्मारक मूर्ति हटाइएको छ ।

डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा विगत २४ वर्षदेखि उक्त विश्वविद्यालयमा राखिएको थियो । मूर्ति करिब ८ फिट अग्लो थियो र तामाबाट बनेको थियो । तर विश्वविद्यालयको निर्देशनमा उक्त मूर्ति हटाइएको हो ।

‘द पीलर अफ सेम’ नामले चिनिने उक्त मूर्तिमा सन् १९८९ मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रोजस्तो देखाइएको थियो । त्यस क्रममा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीहरूको हत्या गरेका थिए ।

उक्त मूर्ति विश्वविद्यालयले गत अक्टोबर महिनामा नै हटाउन निर्देशन दिएको थियो । बुधबार मात्र कामदारहरु खटाएर उक्त प्रतिमा हटाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधवार उक्त मूर्ति हटाउने निर्णय गरेलगत्तै कामदारहरु राखेर मूर्ति हटाइएको युनिभर्सिटी अफ हङकङले जनाएको छ। उसले भनेको छ, ‘विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो ।’

उक्त मूर्ति रहेको क्षेत्रलाई प्लास्टिकले बारेर गोप्य रुपमै मूर्ति हटाइएको छ । तर सञ्चारकर्मीहरूलाई समेत उक्त स्थानसम्म पुग्न र फोटो खिच्न दिइएन । विश्वविद्यालयले उक्त मूर्ति अब आफ्नो गोदाममा थन्क्याउने जनाएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com