स्वास्थ्य राम्रै रहे अर्काे पटक पनि राष्ट्रपतिमा उठ्छु : अमेरिकी राष्ट्रपति बाइडेन
प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताउनुभएको छ ।अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ ।
सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उहाँले बताउनुभएको हो । बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँलाई सो अन्तर्वार्ताका क्रममा अर्काे निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उहाँले सो जवाफ दिनुभएको हो ।सो क्रममा उहाँले भन्नुभएको थियो– हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।






