न्युयोर्क सिटीमा सिटी संचालित खोप केन्द्रमा नयाँबर्ष अगाडि बुस्टर लगाउनेलाई सय डलर


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

न्युयोर्क सिटीमा सिटी संचालित खोप केन्द्रमा नयाँबर्ष अगाडि कोरोनाबिरुद्धको खोपको बुस्टर शट लगाउनेलाई एकसय डलर उपहार दिइने भएको छ । आजैदेखि नयाँ बर्षको पूर्वसन्ध्या अर्थात् डिसेम्बर ३१ सम्म बुस्टर शट लगाउनेहरुले १ सय डलर प्राप्त गर्नेछन् ।

न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले मंगलबार यो कार्यक्रमको घोषणा गरेका हुन् । अमेरिकाभरकै सबैभन्दा ठूलो बुस्टर प्रोत्साहन कार्यक्रमका रुपमा यो कार्यक्रम ल्याइएको हो । न्युयोर्क सिटीका बासिन्दाहरु सोमोससँग सहकार्य गरेको भ्याक्सिन केन्द्रमा गएर खोप लगाउँदा पनि एकसय डलर प्राप्त गर्नेछन् ।

एकसय डलर समेत प्राप्त हुने भ्याक्सिन केन्द्रहरुमा अप्वाइन्टमेन्ट लिन यहाँ क्लीक गर्नुहोला । एकसय डलर प्राप्त हुने उल्लेख भएका केन्द्रमा मात्र यो रकम पाइनेछ । अरुमा पाइनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिरहेको बेला यो कार्यक्रम घोषणा गरिएको हो । न्युयोर्क सिटी अर्कोपटक शट डाउन नहुने र पछिल्लो प्रोत्साहन कार्यक्रमले धेरैलाई बुस्टर शट लगाउन प्रेरित गर्ने मेयर ब्लाजिओको भनाई छ । मोडेर्ना र फाइजर दुबैले बुस्टर शट लगाउँदा ओमिक्रोन भेरिन्टबिरुद्ध उल्लेखनीय संरक्षण प्राप्त हुने तथ्यांक सार्वजनिक गरिसकेका छन् ।

यो कार्यक्रम यसअगाडि न्युयोर्क सिटीमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदा एकसय डलरको गिफ्ट कार्ड प्राप्त हुने कार्यक्रमसँग मिल्दो जुल्दो रहेको छ । न्युयोर्क सिटीबाट संचालिन भ्याक्सिन केन्द्र र सोमोससँगको सहकार्यमा संचालिन भ्याक्सिन केन्द्रबाहेक अन्य केन्द्रमा भ्याक्सिनको बुस्टर शट लगाउँदा भने एकसय डलर प्राप्त हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com