भारतको यस्तो ठाउँ जहाँ मासु बिक्रि गर्न पाइँदैन !


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

लामो सयमदेखि विश्वकै पवित्र मानिएको भारतको धार्मिक राजधानीले हाल आएर पकान राज्यको रुपमा पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्दै आएको छ । यो सहर शाकाहारी स्वर्गको रुपमा परिणत भएसँगै यसलाई पकान राज्यको हैसियतबाट पर्यटकलाई आकर्षित गर्न लागेको हो । कम्तीमा पनि १८०० बीसीदेखि बसोबास हुँदै आएको वाराणसी पृथ्वीकै पुरानो बस्तीको रुपमा चिनिँदै आएको छ र विश्वकै १.२ अर्ब हिन्दुका लागि पवित्र मानिँदै आएको छ ।

प्रत्येक दिन मन्दिरको घण्ट बजेसँगै दसौँ हजार श्रद्धालुहरु सहरको ८८ ढुुंगाको घाटमा पाइला राख्छन् । यी घाटहरु गंगा नदीमा अवस्थित छन् । त्यहाँ नुहाएपछि उनीहरुले आफ्नो पाप पखालिने सोच बनाएका छन् । आफ्नो सन्तान वा नातेदार गुुमाएकाहरु वाराणसीको भुुइँमा शव जलाउने काम गर्छन् । यसो गर्दा भगवान शिवले कानमा सानो स्वरमा तारक मन्त्र सुनाउने भएकाले मृतकले तत्काल मोक्ष पाउने जनविश्वास छ ।

वाराणसी भारतको धार्मिक राजधानी सम्भवतः हुनसक्छ । तर यो स्थान खानकुराका पारखीलाई आकर्षित गर्ने खालको हाल सम्म पनि हुन सकेको छैन । खानेकुराका धेरैजसो पारखीहरु दिल्ली, कोलकाता तथा चेन्नइ धाउने गरेका छन् ।

२०११ देखि २०१६ सम्म प्रत्येक वर्ष मिचेलिनी स्टार प्राप्त गर्दै आएका सेफ विकाश खन्नाले म्यानहाटनमा ‘जुनुन’ नामको रेष्टुरेन्ट चलाएका थिए । उनले वाराणसीको एउटा मन्दिरमा खुवाइएको गहुँको पिठोको प्यानकेकले निकै नै मोहित बनाएको बताए ।  ‘मैले यसलाई आफ्नो म्यानहटनको किचेनमा बनाउन प्रयास गरेको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसको स्वादले स्वर्गीय आनन्द दिन्छ,’ खन्नाले लोनली प्लानेटलाई २०२० मा बताएका थिए ।एउटा यस्तो मुलुक जहाँ ८० प्रतिशत हिन्दु र २० प्रतिशत साकाहारी छन्, यिनिहरुका लागि मासुको विकल्पको रुपमा खासै केही पनि पाइँदैनन् । तर, वाराणसी साकाहारी भोजनका लागि निकै नै चर्चित स्थान बन्न थालेको छ । यहाँ पाइने सात्विक भोजनलाई मानिसहरुले अत्यन्त चाखलाग्दो बताएका छन् ।

परम्परागत  रुपमा वाराणसीको रेष्टुरामा पश्चिमेली पर्यटक र मांसाहारी हिन्दु तिर्थालुलाई मांसाहारी भोजन नै पस्किने गरिन्थ्यो । सात्विक भोजन घरमा मात्रै सिमित थियो । तर २०१९ मा हिन्दु राष्ट्रवादी पार्टीको सरकारले सबै वाराणसी मन्दिर र सम्पदाका साइटको २५० मिटर भित्रको परिधिभित्र मासुको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएको थियो ।

यसले त्यहाँका रेष्टुराहरुलाई स्थानीय साकाहारी खाना राख्न प्रेरित ग-यो र वाराणसीको घर घरमा थुप्रै पिँढिदेखि पुस्तान्तरण हुँदै आएको खानेकुराले क्रमशः रेष्टुरेन्टमा पनि स्थान पाउन थाल्यो जुन पर्यटकका लागि उपलब्ध थिएनन् ।  वराणसीमा साकाहारी भोजनको व्यापक उपलब्धताका कारण हाल मानिसहरु यहाँ खानाका लागि पनि जाने गरेका छन् ।

राकेश गिरी नामका एक व्यक्तिले भने, ‘वराणसीमा घुम्न आउनुको मेरो कारण भिन्न छ । म मृत्युको सामना गर्न वा आफ्नो आत्मा शुद्धिकरणका लागि यहाँ आएको होइन । म यो शहरमा पाइने उत्कृष्ट शाकाहारी भोजनको स्वाद लिन आएको हुँ । ’ ‘म र मेरो परिवार थुप्रै पिढिँदेखि शुद्ध शाकाहारी हौँ । अण्डा पकाइने घरमा हामी पानी पनि पिउँदैनौं,’ गिरीले भने ।  एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com