अमेरिकामा कोरोना संक्रमितमध्ये ७३ प्रतिशतमा ओमिक्रोन


प्रकाशित मिति : पुस ५, २०७८ सोमबार

अमेरिकामा कोरोना संक्रमितहरुमध्ये ७३ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । सीडीसीले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुशार अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट एकसातामा ६ गुणाले बृद्धि भएको देखिएको छ ।

डिसेम्बर ११ देखि १७ सम्मको अवधिमा अमेरिकामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भएकाहरुमध्ये अधिकांश अर्थात् ७३ प्रतिशतमा ओमिक्रोन पुष्टी भएको हो । न्युयोर्क क्षेत्रमा ९० प्रतिशतभन्दा धेरै संक्रमणका लागि ओमिक्रोन जिम्मेबार देखिएको छ ।

अमेरिकाभर गतसातामात्र ६ लाख ५० हजारभन्दा धेरैमा ओमिक्रोन पुष्टी भएको छ । जुनको अन्तिमसम्म अमेरिकामा संक्रमणको मुख्य कारण डेल्टा भेरियन्ट देखिएको थियो । नोभेम्बरको अन्तिमसम्म पनि ९५ प्रतिशत संक्रमण डेल्टा भेरियन्टकै कारण देखिएको थियो । तर डिसेम्बरको छोटो अवधिमा नै ओमिक्रोनले उछिनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले ओमिक्रोनबारे सचेत गराएपछि नोभेम्बर २६ मा विश्व स्वास्थ्य संगठनले यसलाइै भेरियन्ट अफ कन्सर्न नामाकरण गरेको थियो । अहिले विश्वका ९० वटाभन्दा धेरै देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com