न्युयोर्क विमानस्थलमा कोरोना परीक्षण गर्दा ४ घण्टासम्म लामो लाइन, पहिले नै परीक्षण गर्न सुझाव


प्रकाशित मिति : पुस ५, २०७८ सोमबार

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट उडान गर्नेहरुले विमानस्थलमा कोरोना परीक्षण गर्दा अत्यन्तै लामो लाइनका कारण ४ घण्टासम्म लाग्ने गरेको छ । लाइन अत्यन्तै लामो भएकाले कोरोना परीक्षणका क्रममा लामो समय लाग्ने गरेको विमानस्थलले ट्वीट गरेको छ ।

विमानस्थलमा कोराना परीक्षण स्थलहरु दिनभरमात्र संचालन हुने अधिकारीहरुले बताएका छन् । यदि आफ्नो गन्तव्यमा कोरोनाको नेगेटिभ रिपोर्ट आवश्यक भएको खण्डमा विमानस्थल आउनुभन्दा अगाडि नै परीक्षण गराएर नेगेटिभ रिपोर्ट सहित आउने विमानस्थलले कडा सुझाव दिएको छ ।

न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमणका मामलाहरु उच्च भएको अवस्थामा र ओमिक्रोन भेरियन्ट समेत फैलदो भएको अवस्थामा आइतबार जोन अफ केनेडी विमानस्थलमा अत्यन्तै लामो लाइन भएको हो । चाडवाडको मौषम भएकाले पनि विमानस्थलबाट उडान गर्नेहरुको संख्यामा अत्यन्तै बृद्धि भएको छ ।

जेएफके विमानस्थलमा सर्वसाधारणका लागि तीनवटा कोरोना परीक्षण स्थलहरु रहेका छन् । तर विमानस्थलमा लामो समय लाग्दा यात्रुका उडानहरु छुट्ने सम्भावना समेत रहन्छ । त्यसैले न्युयोर्कभर रहेका निशुल्क कोरोना परीक्षणस्थलहरुमा कोरोना परीक्षण गराएर विमानस्थल पुग्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलमा परीक्षण गर्दा टर्मिनल १ मा रहेको परीक्षण स्थलमा एकघण्टा भन्दा कम अवधि रिपोर्ट आउने एन्टीजेन टेस्टका लागि १७९ डलर र १ घण्टामा रिपोर्ट आउने एक्सप्रेस पीसीआरका लागि २२० डलर तिर्नुपर्छ । त्यस्तै टर्मिनल ४ मा १ घण्टाभित्र रिपोर्ट आउने पीसीआर परीक्षणका लागि २५० डलर शुल्क तिर्नुपर्छ । टर्मिनल ५ को एयरट्रेन स्टपमा भने न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटलले विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म वाकइन निशुल्क कोरोना परीक्षण गर्दै आएको छ ।

गतबर्षको यही अवधिको तुलनामा जोन अफ केनेडी विमानस्थलबाट बाहिरिने यात्रुहरुको संख्या दोब्बर भएको छ । यद्यपी कोरोना महामारीभन्दा अगाडिको सन् २०१९ को सोही अवधिको तुलना गर्दा भने यो संख्या कम नै हो । विज्ञहरुले कोरोनाको नेगेटिभ रिपोर्टका साथमा भ्याक्सिन लगाएको प्रमाण समेत बोक्न सुझाव दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com