डेमोक्रेटिक सिनेटर मन्चिनले डेमोक्र्याट्सका मुख्य योजना समेटिएको बजेट बिलमा मतदान नगर्ने


प्रकाशित मिति : पुस ४, २०७८ आईतबार

डेमोक्रेटिक सिनेटर जो मन्चिनले बजेट प्रकृयाबाट अगाडि बढाउन तय भएको १ दशमलव ७ ट्रिलियन डलरको डेमोक्रेटिक बिलमा मतदान नगर्ने घोषणा गरेका छन् । बजेट पकृयाबाट सामान्य बहुमतले बिल पारित गर्नका लागि सबै डेमोक्रेटिक सिनेटरहरुले अनिवार्य मतदान गर्नुपर्ने भएपनि मन्चिनको घोषणाले डेमोक्र्याट्सका मुख्य घरेलु नीतिहरु समेटिएको यो बिलको मृत्यु हुने सम्भावना उच्च भएको छ ।

पचास पचासमा विभाजित सिनेटमा बजेट प्रकृयाबाट बिल पारित गर्दा उपराष्ट्रपतिको मतसहित डेमोक्र्याट्सका ५१ मत आवश्यक पर्ने भएकाले एउटामात्र डेमोक्रेटिक सिनेटरले मत नदिंदा बिल पारित हुनमा समस्या हुनेछ । आफूले मानवीय रुपमा सबै सम्भव प्रयासहरु गरेको र यो बिल अगाडि बढाउनका लागि मतदान गर्न नसक्ने मन्चिनले बताएका छन् ।

मुद्रास्फीति, राष्ट्रिय ऋण र कोरोना महामारीलाई उल्लेख गर्दै उनले आफूले यस्तो निर्णय लिनुपरेको बताएका छन् । डेमोक्रेटिक सांसदहरु देशलाई खतराहरुबाट अझ बढी जोखिममा राख्नेगरी समाजलाई नाटकीय रुपमा पुननिर्माण गर्न कटिबद्ध रहेको उनले आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही साता अगाडि सिनेटर मन्चिनले यो बिललाई अगाडि बढाउन राष्ट्रपति समक्ष प्रतिवद्धता जनाएको र उनका टिप्पणीहरु राष्ट्रपतिसँगको छलफलमा भएका कुराहरुसँग बाझिएको ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पास्कीको भनाई छ । बिलमा मतदान गर्न नसक्ने आफ्नो धारणा सार्वजनिक गर्नु अगाडि आइतबार मन्चिनले यसबारे ह्वाइट हाउस र संसदमा डेमोक्रेटिक नेताहरुलाई आफ्नो योजनाबारे जानकारी दिएका थिए ।

मन्चिनले सन् २०१० मा सिनेटरका रुपमा निर्वाचित भएयता नै हरेक विषयमा दुईदलीय समन्वयका लागि दवाव श्रृजना गर्दै आएका छन् । मध्यपन्थी धारका डेमोक्र्याट्स मानिने मन्चिन सन् २०१० देखि वेष्ट भर्जिनियाबाट सिनेटरमा प्रतिनिधित्व गर्दै आएका छन् । सबै अमेरिकनको आवश्यकतालाई सम्बोधन गर्न र राष्ट्रको स्वतन्त्रता, सुरक्षा एवं जीवनशैली जोखिममा नपर्नेगरी दुबै छेउका सहकर्मीसँग काम गर्न जारी राख्ने मन्चिनले बताएका छन् ।

प्रगतिशील डेमोक्र्या्सहरुले मन्चिनको यो घोषणाको आलोचना गरेका छन् । नोभेम्बरमा मन्चिनले बिल्ड ब्याक बेटर नामको यो बिललाई समर्थन गर्ने आशामा डेमोक्र्याट्सहरुले १ ट्रिलियन डलरको पूर्वाधार योजना पारित गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com