विद्यालयमा गोली चलाउने त्रास फैलाउने अमेरिकाभर दर्जन बढी टीनएजर पक्राउ, कक्षाहरु समेत रद्द


प्रकाशित मिति : पुस ४, २०७८ आईतबार

अमेरिकाभरका विद्यालयहरुमा गोली चल्ने त्रास फैलाउने सामाजिक सञ्जालको ट्रेण्डमा सहभागी भएको अभियोगमा अमेरिकाका विभिन्न राज्यहरुमा एकदर्जनभन्दा बढी टीनएजरहरुलाई पक्राउ गरिएको छ । गोली चलाउने अफवाहपछि विद्यालयहरुले सुरक्षा शतर्कता बढाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

बिहिबार र शुक्रबारमात्र कनेक्टिकट, क्यालिफोर्निया, फ्लोरिडा, इलिनोय, मेरिल्याण्ड, ओहायो, रोढ आइल्याण्ड, साउथ क्यारोलिना, टेक्सास र विसकन्सिमबाट दर्जनबढीलाई पक्राउ गरिएको छ । मिसिगनको नोभेम्बर ३० को गोलीकाण्डपछि अमेरिकाभरका विद्यालयहरुमा गोली चल्ने अफवाह डढेलोजस्तै फैलिएको थियो ।

पक्राउ पर्ने टीनएजरहरु १३ देखि १६ बर्षभित्रका रहेका छन् । स्थानीय विद्यालयमा हिंशाको धम्की दिएको अभियोगमा फ्लोरिडाको ली काउन्टीमा १३ बर्षीयसहित तीनजना टीनएजरलाई प्रहरीले पक्राउ गरेको छ । १३ बर्षीयले फोर्ट मेयर प्राइभेट स्कुलमा अश्वेतहरुमाथि गोली चलाउने संकेत गर्दै स्न्यापच्याट पठाएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अश्वेत विद्यार्थीहरुमाथि गोली चलाउने संकेत गर्दै स्न्यापच्याट पठाउनेलाई पक्राउ गर्दै प्रहरी

धम्कीहरु वास्तविक र नक्कली जे भएपनि बालबालिकाहरुको सुरक्षा आफ्नो उच्च प्राथमिकता रहेको लि काउन्टीका प्रहरी अधिकारी कार्मिन मार्सिनोले बताएका छन् । धम्कीदिने व्यक्ति जो सुकै भएपनि पत्ता लगाइने र जेल पठाइने उनले बताएका छन् ।

टेक्सासको फ्रिस्कोमा सामाजिक सञ्जालमा धम्की पठाउने माध्यमिक विद्यालयका सातजना विद्यार्थीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । यस्ता धम्कीहरु हास्यास्पद र सुन्दर नभएको सन्देश सहपाठीहरुलाई दिनुपर्ने फ्रिस्को प्रहरीले समुदायलाई सन्देश दिएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कुनै विश्वसनीय खतरा नभएपनि विद्यालयका अधिकारीहरुलाई शर्तक रहन सुझाव दिएको छ । विद्यालयहरुमा आक्रमणको त्रास फैलिएपछि कैयन विद्यालयहरुले दिउसोका कक्षाहरु रद्द गरेका छन् भने कतिपयले विद्यार्थीहरुलाई विद्यालयभित्र कहाँकहाँ जान मिल्ने भन्ने सिमा तोकेका छन् ।

टेक्सासको ह्युस्टन क्षेत्रका झण्डै एकदर्जन विद्यालयहरुले शुक्रबार माध्यामिक र उच्च माध्यामिक स्तरका विद्यार्थीहरुलाई आफ्ना झोलाहरु घरमै छाड्न भनेका थिए । टिकटकमा फैलिएको अफवाहपछि यस्तो कदम चालिएपनि विश्वसनीय धम्कीभने कुनै पनि विद्यालयले प्राप्त नगरेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com