पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि ५ देखि ११ वर्षका बालबालिकालाई खोप


प्रकाशित मिति : पुस ४, २०७८ आईतबार

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । पोर्चुगलको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ ।

ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ ।

यसै वर्षभित्र यहाँका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र थपलाई आगामी वर्ष दिइने पनि अधिकारीहरुले जनाएका छन् । आगामी वर्षबाट यो कार्यक्रमलाई थप प्राथमिकता राखिने र यहाँका १३ वर्षसम्मका सबैलाई खोप दिइने छ ।

पोर्चुगलमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएको देखिएको छ । गएको २४ घन्टामा मात्र यहाँ पाँच हजार जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ । त्यस्तै यस अवधिमा यहाँका १२ जनाको यही संक्रमणबाट ज्यान पनि गएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com