भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान


प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार

भुटानले शुक्रबार आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।

भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोष्टमा भारतीय प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।

“भूटानी नरेशबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुशी व्यक्त गर्नुभएको छ । भुटान राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौंको सहयोग र विशेष गरी कोभिड–१९को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“भुटान नरेशले भारतद्वारा बिना शर्त बर्षौदेखि पु¥्याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको बताउनुभएको छ । पुरस्कारका लागि भुटानका नरेश र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारी सुरु भएदेखि नै भारतले भूटानलाई कोभिड–१९ विरूद्धको खोप तथा अन्य चिकित्सा उपकरणको रूपमा सहयोग प्रदान गर्दै आएको छ ।

यसै वर्षको सुरुतिर भुटानका प्रधानमन्त्री लोटे छिरिङले प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोपको प्रयाप्त मात्रा उपलब्ध गराएकोमा बधाई दिनुभएको थियो । उहाँले भुटान भारतको निकट छिमेकी भएकोले अझ सुरक्षित महसुस भएको पनि उल्लेख गर्नुभएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com