बेलायत र अमेरिकामा रहेका शरणार्थीले मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति !


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएकाे आराेप लगाउँदै बेलायत र अमेरिकामा रहेका राेहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेकाे भन्दै राेहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् ।

सन् २०१७ मा सेनाकाे दमनका कारण बाैद्ध धर्मालम्बीकाे बाहुल्यता रहेकाे म्यानमारमा करिव १० हजार राेहिग्या शरणार्थी मारिएकाे अनुमान छ । सेनाकाे दमनपछि लाखाैं राेहिंग्या देश छाेडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेकाे विषयमा फेसबुकले कुनै टिप्पणी गरेकाे छैन।

घृणास्पद र खतरनाक तथा गलत सूचना बर्षाैंदेखि प्रवाह गरेकाे फेसबुकमाथि आराेप लाग्दै आएकाे छ । शरणार्थीकाे पक्षमा काम गर्दै आएकाे बेलायकाे एउटा फर्म मार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेकाे जनाइएकाे छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी हाेचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्राेत्साहन गरेकाे निवदेनमा जनाइएकाे छ ।

राेहिंग्याविरुद्ध भइरहेका गालीगलौज गर्ने व्यक्तिकाे अकाउन्ट डिलिट नगरेकाे पनि निवेदनमा जनाइएकाे छ । सञ्चारमाध्यम र दातृ संस्थाकाे चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेकाे फेसबुकमाथि आराेप लागेकाे छ । त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्काेमा राेहिंग्याँको तर्फबाट उजुरी परेकाे छ । म्यानमारमा फेसबुका २ कराेड प्रयाेगकर्ता छन् ।  म्यानमारकाे उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com