केन्टकी विनाश लगत्तै मध्य अमेरिकामा १ सय माइल प्रतिघण्टासम्मका हावाहुरी, ५ लाख घर अन्धकार


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

अमेरिकाको केन्टकी लगायतका राज्यमा आँधीबेहरीले ठूलो विनाश गरे लगत्तै मध्य अमेरिकाका कैयन राज्यमा १ सय माइल प्रतिघण्टामा हावाहुरी चल्दा विहिबार विहानसम्म झण्डै ५ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । विसकन्सिन र मिसिगन क्षेत्रमा सबैभन्दा धेरै विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

ग्रेट प्लेन र मिडवेष्ट क्षेत्रमा ७५ माइल प्रतिघण्टाभन्दा माथिका तूफानजत्तिकै शक्तिशाली कम्तीमा ५५ वटा बतास आएको राष्ट्रिय मौषम सेवाले जनाएको छ । उक्त क्षेत्रमा बुधबार झण्डै ३ सय वटा गम्भिर प्रकारका बतास चलेको जनाइएको छ । जसले गर्दा झण्डै ८० मिलियनलाई चनाखो बस्नुपर्ने अवस्था आएको थियो ।

हावाहुरीले कोलोराडोमा ढलेको रुख

दक्षिणपूर्वी मिनेसोटामा डिसेम्बरको महिनामा पहिलोपटक तूफान आएको छ । बुधबारमात्र मिनेसोटा, आयोवा र नेब्रास्कामामात्र २० वटा तूफान आएका छन् । कोलोराडो लगायतका क्षेत्रमा बुधबार एकसय माइल प्रतिघण्टामाथिका तूफान चलेका थिए । लामरमा एकसय ७ माइल प्रतिघण्टासम्म तूफान चलेको थियो । जसका कारण कैयनका छाना उडाएको छ भने कैयन रुख ढलेका छन् ।

आयोवामा हावाहुरीपछि भएको दुर्घटना

हावाले सिसाको बाकसलाई २५६ फिट माथी उडाएपछि कन्सास सिटीको अन्तर्राष्ट्रिय विमानस्थल नै केहीबेर खाली गराइएको थियो । झण्डै एकघण्टापछि उडानहरु सुचारु भएको घोषणा गरिएको थियो । धुलो उडेर कुइरीमण्डल भएपछि पश्चीम कन्सासको इन्टरस्टेस ७० हाइवेको केही भाग बन्द गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com