कर्नेल विश्वविद्यालयका ९०३ विद्यार्थीमा ओमिक्रोन संक्रमण,ती मध्ये धेरै पूर्ण खोप लगाएका


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

इथाका [अमेरिका] / कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको बताएको छ ।

विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये ‘धेरै उच्च प्रतिशत’ पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ ।

विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको र केहीले बुस्टर शट पनि लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।

संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरू स्थगित गरिएको छ । त्यसैगरी पुस्तकालयहरू अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ। एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com