तालिबानले अफगानिस्तानमा अमेरिकी मुद्रामाथि लगायो प्रतिबन्ध


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

अमेरिकालाई पराजित गर्दै अफगानिस्तान कब्जामा लिएको तालिबानले अब त्यहाँ अमेरिकी डलर पनि चल्न नदिने भएको छ । अन्य देशको मुद्रा प्रयोग गर्दा अफगानी मुद्रा निकै कमजोर भएको तर्क गर्दै तालिबान सरकारले अमेरिकी डलरलगायत सबै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

तालिबान शासकहरूले यस्तो निर्णय अफगानी मुद्रालाई स्थिर राख्न लिइएको दाबी गरेका छन् । अब त्यहाँ कसैले पनि विदेशी मुद्रा पारिश्रमिक लिनेगरी काम गर्न पनि पाउने छैनन् । विदेशी मुद्रा प्रयोगका कारण पनि देशको अर्थव्यवस्था खराब भएको तालिबानको दाबी छ।

उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले विदेशी मुद्रा प्रयोगमा रोक लगाइएकोबारे जानकारी दि राजधानी काबुलमा पत्रकार सम्मेलननै आयोजना गरेका छन् । उनले अब त्यहाँ विदेशी मुद्रा प्रयोग गर्न नपाउने र अफगानी मुद्रा नै अनिवार्य प्रयोग गर्नुपर्ने बताएका हुन् । सलामले डलर तस्करी गर्नेहरूलाई देशद्रोही र गद्दार घोषणा गरिदिएका छन् ।

सलामले भनेका छन्, ‘अबदेखि अफगानिस्तनानमा विदेशी मुद्रा लेनदेन गर्न नपाइने फैसला हामीले गरेका छौं । सबै सुरक्षा एजेन्सी र गभर्नरहरूलाई यो फैसला लागू गर्न निर्देशन दिएका छौं । डलर र सामान लेनदेनमा यसको प्रयोग अब कानूनी हिसाबले तस्करी मानिनेछ । त्यस्तो काम गर्नेलाई देशद्रोही मानेर त्यसैअनुसार व्यवहार गरिनेछ ।’ एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com