फ्लोरिडा आउँदै गरेको जेट दुर्घटना हुँदा संगीत निर्मातासहित अमेरिकन नागरिकहरुको मृत्यु


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

फ्लोरिडा आउँदै गरेको जेट डोमेनिक रिपब्लिकमा दुर्घटना हुँदा पोर्तोरिकन संगीत निर्मातासहित अमेरिकी नागरिकहरुको मृत्यु भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा पोर्तोरिकन संगीत निर्माता फ्लो ला मुभी, उनकी पत्नी र ४ बर्षका छोराको निधन भएको हो । ७ जना यात्रु र २ जना जेटका कर्मचारीहरु रहेको उक्त जेट फ्लोरिडाको ओल्र्याण्डो आउन लागेको थियो ।

जेट उडेको केही वेरमा नै आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ । के कारणले दुर्घटना भएको हो भन्नेबारे अहिलेसम्म केही बताइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संगीत निर्माता फ्लो ला मुभीको वास्तवीक नाम होजे एन्जेल हर्नान्डेज हो । उनी आफ्ना ६ जना आफन्तहरुसहित जेटमा चढेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com