अमेरिकी इतिहासमै अहिलेसम्मको ठुलो क्षतिपूर्ति पाउने भए पिडितहरुले ….


प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार

अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठुलो हो ।

अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरूमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । नासिरले आफूहरूलाई पटक पटक बलात्कार गरेको ओलम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।

यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो  । तर, पछिल्लो सहमतिमा  यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com