क्यानडाकी रक्षामन्त्रीले मागिन् माफी :’यौन दुर्व्यवहार भएको भन्दै १९ हजार जनाले गरेका थिए गुनासो’


प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार

क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ ।  रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रुपमा माफी मागेका हुन् ।

‘दन्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् ।

यौन दुर्व्यवहारको घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरु पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा बहालवाला गरि ११ जना सैन्य अधिकारी बर्खास्तीमा परेका छन् । उनीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।

पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com