हाइटीमा इन्धन ट्याङ्की विस्फोट हुँदा ५० जनाको जलेर मृत्यु ,दर्जनौ घाइते


प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार

हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रशारित प्रारम्भिक रिपोर्टमा जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप–हैटियनमा भएको हो ।

घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताउनुभयो । उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका अधिकारीहरूलाई उद्धृत गरी न्यूज–२४ नामक स्थानीय समाचार संस्थाले उल्लेख गरेको छ ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको अलमोनरले बताउनुभयो । ती घरहरूमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com