न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा साढे ९ बिलियन लागतमा अत्याधुनिक टर्मिनल बन्ने


प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार

न्युयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ९ बिलियन डलरको लागतमा नयाँ टर्मिनल बन्ने भएको छ । न्युयोर्क गभर्नर क्याथी होचुल र पोर्ट अथोरिटी कार्यकारी निर्देशक रिक कटनले नयाँ टर्मिनल निर्माणको घोषणा गरेका हुन् ।

२३ वटा गेटहरु भएको नयाँ टर्मिनलले अहिलेको एकजोडी टर्मिनलाई विस्थापन गर्नेछ । २४ लाख स्क्वायर फिटमा बन्ने उक्त टर्मिनल निर्माणपछि यो न्युयोर्कको जोन अफ केनेडी विमानस्थल भन्न लायक हुने गभर्नर होचुलले बताइन् ।

यो बृहत निर्माण योजना निजीक्षेत्रको रकमको लगानीमा हुने भएको हो । यसमा तीनवटा लगानी तथा व्यवस्थापन कम्पनीहरुले लगानी गर्ने जनाइएको छ । यो निर्माण सन् २०२० मा नै सुरु हुने प्रारम्भिक योजना रहेपनि कोरोनाको महामारीका कारण निर्माण सुरु गर्नमा ढिलाई भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब अर्को बर्षदेखि निर्माण सुरु हुने र निर्माण पूरा हुन झण्डै १० बर्ष लाग्ने अनुमान गरिएको छ । टर्मिनलका पहिलो दुईतिहाई गेटहरु भने सन् २०२६ मा खुला गर्ने योजना बनाइएको छ । दोश्रो चरणको निर्माण सन् २०२८ मा पूरा हुने अपेक्षा गरिएको छ । परियोजना पूरा हुन भने सन् २०३० सम्म लाग्ने जनाइएको छ ।

जोन अफ केनेडी विमानस्थलका टर्मिनलहरु मर्मत र पुननिर्माणका योजनाहरु अन्तरगत यो पछिल्लो योजनाको घोषणा गरिएको हो । तर नयाँ टर्मिनल ६ को तुलनामा यो टर्मिनल १ को बजेट भने दुईगुणाभन्दा पनि बढी छ । टर्मिनल ६ को पुननिर्माणमा ३ दशमलव ९ बिलियन डलर लागत रहेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com