आँधीबेहरीबाट अमेरिकाको केन्टकीको एउटा टाउन ७५ प्रतिशत सखाप, अराजकता व्यप्त
प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार
In this aerial photo, responders sift through debris near an overturned school bus in the aftermath of tornadoes that tore through the region, in Mayfield, Ky., Sunday, Dec. 12, 2021. (AP Photo/Gerald Herbert)
आँधीबेहरीबाट अमेरिकाको केन्टकीको एउटा टाउन ७५ प्रतिशत सखाप भएको अधिकारीहरुले विश्लेषण गरेका छन् । पश्चिम केन्टकीको डसन स्प्रींगको सानो टाउनमा ७५ प्रतिशत समुदाय मेटिएको र त्यहाँ अराजकताले स्थान लिएको मेयर क्रिस स्माइलीले बताएका छन् ।

६३ बर्षदेखि उक्त टाउनमा बस्दै आएका मेयर स्माइलीले आफूले यस्तो विनाश यसभन्दा अगाडि नदेखेको बताएका छन् । शुक्रबार रातीदेखि अमेरिकाका ८ वटा राज्यमा प्रभाव पार्ने गरी आएका ५० भन्दा धेरै आँधीबेहरीका कारण एकसयजनाभन्दा धेरैको ज्यान गएको छ भने केन्टकीका कैयन स्थान युद्धग्रस्त क्षेत्रजस्ता देखिएका छन् ।

डसन स्प्रींगमा मात्र हराइरहेकाहरुको सुचीम १ सय जनाभन्दा धेरैको नाम रहेको छ । उद्दार कार्य जारी रहेपनि भग्नावशेषबाट कसैलाई जीवित उद्दार गरिएको छैन । कतिपयले जानकारी नदिइ टाउन छाडेको र सम्पर्कमा नआएको हुनसक्ने आशा समेत गरिएको छ । उक्त टाउनमा मात्र १३ जनाको शव भेटिएको छ ।

केन्टकीमा राज्य संकटकालको घोषणा गरिएको छ भने राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । राज्य संकटकाल घोषणापछि गभर्नरले संघीय संकटकाल घोषणाका लागि ह्वाइट हाउस समक्ष अनुरोध गरेका थिए ।

केन्टकीका गभर्नर एन्डी बेशियरले यस्तो विनाश जीवनमै पहिलोपटक देखेको बताएका छन् । राष्ट्रपति जो बाइडेनले यो आँधीबेहरीलाई अमेरिकी इतिहासकै ठूलोमध्येको एक बताएका छन् । संघीय सरकारले सहायताका लागि सबै चिज गर्ने उनले बताएका छन् ।
शुक्रबार राती दक्षिणपश्चिम केन्टकीका कैयन भाग आँधीबेहरीको चपेटमा परेका थिए । केन्टकीको इतिहासमा नै सबैभन्दा खराब आँधीबेहरी भएको गभर्नरको भनाई छ । आँधिबेहरी आउँदा मेफिल्ड सिटीमा एउटा मैनबत्ति उद्योगमा झण्डै ११० जनाले काम गरिरहेको र उनीहरुमध्ये दर्जनौंले ज्यान गुमाएका थिए ।

अर्कान्सास र इलिनोयमा पनि आँधिबेहरीका कारण कैयनको ज्यान गएको छ । इलिनोयमा अमेजनको वायरहाउसमा क्षति पुग्दा कम्तीमा ६ जनाले ज्यान गुमाएको जनाइएको छ । आँधी आउँदा त्यहाँ झण्डै ५० जना रहेको प्रहरीले जनाएको छ ।






