हत्या आरोपमा तारिख भोगिरहेकी ९६ वर्षीय महिलाले मुद्दा चलिरहेकै बेला निम्त्याएको अर्को काण्ड
प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार
उत्तरी जर्मनीकी एक महिला बुढेसकालमा हत्या आरोप सहेर बाँचिरहेकी छिन् । उनी अहिले ९६ वर्षको छिन । दोस्रो विश्वयुद्धका दौरान जतिबेला पोल्यान्ड हिटलरको कब्जामा थियो, त्यतिबेला यी महिला कुनै एक नाजी शिविरको एसएस कमाण्डर थिइन् । उनीमाथि ११ हजार मानिसको हत्यामा सहयोग गरेको आरोप छ । यसबारे अदालतमा मुद्दा चलिरहेको छ । मुद्दा चलिरहेकै समय उनले अर्को काण्ड पनि निम्त्याएकी छिन् ।
इर्मगार्ड फुरचनर नामकी यी महिला लामो समयसम्म अदालतमा सुनुवाइका लागि आइनन् । बुढ्यौली लागिसकेका कारण अदालतमा हाजिर हुन नसकेको उनका वकिलले जनाएका थिए । तर प्रहरीले महिलाविरुद्ध वारेन्ट एरेस्ट जारी गर्यो । त्यसपछि महिलालाई समात्न प्रहरी गयो, तर अदालत जानुको साटो उनी ट्याक्सी चढेर भागिन् ।
प्रहरीले केही घण्टामै उनलाई फेरि पक्राउ गर्यो । यसपछि जेरुसलेममा साइम विसेन्थल सेन्टरको कार्यालयमा नाजी–हन्टर प्रमुख एफ्रेम जुराफले भने,‘यदि उनी भाग्न सक्षम छिन् भने कैदी बन्नका लागि पनि स्वस्थ छिन् ।’
१९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्धका दौरान नाजीको क्याम्पमा लाखौं मानिस मारिएका थिए । यतिबेला इर्मगाडै १८ वर्षकी थिइन् । उनी एउटा क्याम्पको सेक्रेटरी थिइन् ।
उनीमाथि जुवैनाइल अदालतमा मुद्दा चलाउनुपर्ने थियो । तर, यी महिलाका वकिलले यी महिलालाई त्यस समय शिविरमा भएको अत्याचारबारे थाहा थियो वा थिएन भन्ने विषय पहिले पुष्टि हुनुपर्ने माग गरेका छन् । एजेन्सी






