अमेरिकामा नोभेम्बरको मूल्यबृद्धि ४ दशककै बढी, गतबर्षको तुलनामा ६.८ प्रतिशत बृद्धि


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

अमेरिकामा नोभेम्बरमा मूल्यबृद्धि झण्डै ४ दशककै इतिहासमा सबैभन्दा उच्चबिन्दुमा पुगेको छ । गतबर्षको तुलनामा भने यो मूल्यबृद्धि ६ दशमलव ८ प्रतिशले बढी हो । शुक्रबार ब्यूरो अफ लेबरले यसबारेको औपचारिक तथ्यांक सार्वजनिक गरेको हो ।

अक्टोबरको तुलनामा यो मूल्यबृद्धि शुन्य दशमलव ८ प्रतिशतले बढी रहेको छ । अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीति फैलिदै गर्दा मूल्यबृद्धि पनि उच्च बिन्दुमा पुगेको हो । विगतमा कोरोना महामारीले प्रभाव नपारेका क्षेत्रमा समेत अहिले मुद्रास्फीति देखिएको छ ।

घरको मूल्यबृद्धिसँगै भाडाबृद्धि पनि उकालो लागिरहेको छ । उर्जा र प्रयोग गरिएका कारमा पनि केही महिनादेखि उल्लेख्य मूल्यबृद्धि भइरहेको छ । त्यस्तै खाद्यान्न र गाडीको मूल्यपनि बृद्धि भइरहेको छ । खाद्य कम्पनीहरुले आफ्ना उत्पादनमा मूल्यबृद्धिको घोषणा गरिसकेका छन् भने अमेरिकामा डलर ट्री स्टोरले अधिकांश उत्पादनको मूल्य बढाएर १ डलर २५ सेन्टस बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्छिल्लो पटक यो स्तरको मूल्यबृद्धि सन् १९८२ मा भएको थियो । ह्वाइट हाउस र संघीय अधिकारीहरुले यो मूल्यबृद्धि स्थायी नहुने बताएका छन् । यदि आवश्यक परेमा मुद्रास्फीति नियन्त्रणका लागि उचित कदम चालिने बताएका छन् ।

ऋमेरिकामा मूल्यबृद्धि उच्च बिन्दुमा पुगिरहँदा बाइडेन प्रशासनको स्वीकृति दर पनि अत्यन्तै न्यून बिन्दुमा पुगेको छ । सन् २०२२ को चुनावभन्दा अगाडि मुद्रास्फीति मतदाताहरुका लागि पनि मुख्य चासोको विषय बनेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com