जुलियन असान्जलाई जासुसी मुद्दा सामना गर्न अमेरिका सुपुर्दगी गर्न सकिने बेलायती अदालतको आदेश


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

जुलियन असान्जलाई जासुसी मुद्दा सामना गर्न अमेरिका सुपुर्दगी गर्न सकिने बेलायतको उच्च अदालतले आदेश दिएको छ । विकिलिक्सका सहसंस्थापक असान्जलाई मानसिक स्वास्थ्यका कारण सुपुर्दगी गर्न नसकिने विगतको आदेशलाई उल्टाउँदै यो आदेश दिइएको हो ।

असान्जको सुपुर्दगी रोक्न लामो समयदेखि कानूनी लडाई भइरहेको थियो । यद्यपी आजको अदालतको आदेशपछि पनि उनको कानूनी टिमका लागि पुनरावेदनको विकल्प भने अझै बाँकी नै रहेको छ । विगतमा डिस्ट्रिक्ट कोर्टले असान्जको मानसिक स्वास्थ्य र अमेरिकी जेलमा आत्महत्या गर्न सक्ने जोखिमका कारण सुपुर्दगी गर्न नसकिने फैसला गरेको थियो । असान्ज हाल उच्च सुरक्षासहित लन्डनस्थित बेलमार्श जेलमा छन् ।

वर्ष २०१० का पछिल्ला महिना विश्वभरिका सञ्चारमाध्यमले सबैभन्दा धेरै पटक फुकिएको वा लेखिएको नाम हो, विकिलिक्स र त्यसका सञ्चालक जुलियन अन्साज। अमेरिकी सरकारका गोप्य एवं अति गोप्य भनिएका दस्तावेजहरू उनी प्रमुख रहेको विकिलिक्समा सार्वजनिक भएपछि विदेश मन्त्री हिलारी क्लिन्टनले प्रमुख देशहरूको भ्रमण गर्नु परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साता दिनसम्म सिनेटमा अन्साजविरुद्ध कस्तो कारबाही गर्न सकिन्छ भनेर छलफल गर्नुपरेको थियो । कतिपय सिनेटले अन्साजलाई ओसामा विन लादेनजस्तै आतंकवादी घोषणा गर्नुपर्ने राय व्यक्त गरेका थिए भने कतिले उनलाई गोली ठोक्नुपर्ने मत राखे। अन्साजले लगातार अति गोप्य दस्तावेज सार्वजनिक गरेपछि उनीविरुद्ध बलात्कारका दुईवटा अभियोगमा मुद्दा दायर गरिएको थियो ।

बेलायती प्रहरीले असान्जलाई लन्डनस्थित इक्वेडरको दूतावासबाट गिरफ्तार गरेको थियो । इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको थियो । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरिएको थियो ।

असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए। इक्वेडरको दूतावासमा शरणमा रहेका असान्जलाई २०१९ मा जबर्जस्ती निकालिएपछि प्रहरीले पक्राउ गरेको थियो ।  दूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका थिए।

अस्ट्रेलियामा जन्मिएका जुलियन अन्साजले कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन गरेका छैनन्। १६ वर्षको उमेरमै उनी दक्ष ह्याकर बने। कुनै पनि कम्प्युटरमा रहेको सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो। जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, विश्व इन्टरनेट सञ्जालमा बामे सर्दै थियो। उनीसँग करिब अढाई लाख गोप्य पत्र रहेको सार्वजनिक भैसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com