अवैध रुपमा अमेरिका पुग्ने आशामा हिँडेका ५४ जना आप्रवासीको मेक्सिकोमा भएको दुर्घटनामा मृत्यु


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

विनाभिसा अमेरिका आउन लागेका आप्रवासी बोकेको ट्रक मेक्सिकोको चियापासमा दुर्घटना हुँदा कम्तीमा ५४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा भएको हो । दुर्घटनामा एकसयजना बढी आप्रवासीहरु घाइते भएका छन् । मृत्यु हुने अधिकांश मध्य अमेरिकन देशका आप्रवासीहरु भएको विश्वास गरिएको छ ।

ग्वाटेमालासँगको सिमाक्षेत्र मेक्सिकोको चियापास क्षेत्रमा भएको उक्त दुर्घटनामा घाइते कैयनको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएका छन् । राज्यका गभर्नरले गरेको ट्वीटमा १०५ जना घाइते भएको उल्लेख छ । जसमध्ये ८३ पुरुष र २२ जना महिला रहेका छन् । तीनजनाको अवस्था चिन्ताजनक रहेको छ ।

मेक्सिकोका विदेश मन्त्रीले दुर्घटनामा ज्यान गुमाउनेहरु कैयन विदेशीहरुरहेको पुष्टी गरेका छन् । त्यस्तै मेक्सिकन राष्ट्रपतिले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटना के कारणले भएको हो भन्नेबारे अझैसम्मपनि स्पष्ट छैन । त्यस्तै उनीहरुलाई किन ट्रकमा लोड गरिएको थियो भन्नेपनि केही खुलेको छैन ।

मानव तस्करहरुले अमेरिकी सिमाक्षेत्रसम्म ल्याउनका लागि यस्ता खतरनाक यात्रा गराउदै आएका छन् । जसमा बेलाबेलामा कैयनले ज्यान गुमाउदै आएका छन् । यस्ता दुर्घटनामा कैयन नेपालीहरु पनि पर्दै आएका खबरहरु आउने गरेका छन् । तर यो ट्रकमा नेपालीहरु भए नभएकोबारे पनि अहिलेसम्म केही खुलेको छैन ।

नोभेम्बरमा पनि ट्रकमा लोड गरिएका झण्डै ६ सय आप्रवासीहरुलाई मेक्सिकन अधिकारीहरुले फेला पारेका थिए । जसमा १४५ जना महिला र ४५५ जना पुरुषहरु रहेका थिए । अमेरिकी सिमा सुरक्षा गस्तीले पनि विना भिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई उल्लेख्य संख्यामा पक्राउ गरेको छ । यसरी प्रवेश गर्न खोज्दा ज्यान गुमाउनेहरुको संख्याले पनि रेकर्ड तोडेको छ ।

सोमबारमात्र बाइडेन प्रशासनले विनाभिसा सिमाक्षेत्रबाट अमेरिका आएर एसाइलम खोज्नेलाई अदालती प्रकृयासम्मका लागि मेक्सिको फिर्ता पठाउने नीति पुन कार्यान्वयन सुरु गरेको छ । अदालतको आदेशपछि बाइडेन प्रशासनले पनि ट्रम्पकालिन यो नीति लागु गर्न सुरु गरेको हो ।

जोखिमपूर्ण यात्रामा नेपालीहरु

यस्ता जोखिमपूर्ण यात्रामा नेपालीहरु पनि सहभागी हुदै आएका छन् । जसमा दलाललाई लाखौं रकम बुझाएर अमेरिका आउने यात्रामा रहेका कैयनको ज्यान जाने गरेको छ ।

सोमबार विहान विना भिसा अमेरिका आउँदै गरेका २१ बर्षका साहिल बोहराको बाटोमा नै बिरामी हुँदा पेरुमा मृत्यु भएको थियो ।  विना भिसा अमेरिकी सिमाक्षेत्रबाट प्रवेश गर्ने गराउने दलालको आश्वासन अनुशार दलाललाई लाखौं रकम बुझाएर आउँदै गरेका उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने लक्षण देखिएका थिए । त्यसपछि आइतबार बेलुका दलालले उनका लागि होटलको बन्दोबस्त गरेका थिए ।

सोमबार विहान अस्पताल जाने क्रममा उनी अचानक ढलेका थिए । त्यसपछि उनलाई मृत घोषणा गरिएको जनाइएको छ । उनको के कारणले मृत्यु भएको हो भन्नेबारे अझै केही खुलेको छैन । बोहरा दाङको तुल्सीपुर ३ का रहेको जनाइएको छ ।

गत जुनमा क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका थिए । विना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका प्रवेशका लागि हिडेका नेपालीसहितका आप्रवासी चढेको डुंगा दुर्घटना भएको थियो ।

डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार गरिएको थियो भने सात नेपाली समुन्द्रमा बेपत्ता भएका थिए ।

क्यारेवियनकोस्टस्थित कपुरगाडा जाने क्रममा गर्दा डुंगा दुर्घटना भएको थियो । डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com