राजकुमारी डायना–चार्ल्स : विवाहभन्दा बढी चर्चामा डिभोर्स !


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

बेलायतको शाही परिवारका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्धविच्छेदको घोषणा आजकै दिन सन् १९९२ मा भएको थियो ।  इतिहासको सबैभन्दा चर्चित शाही जोडीमध्ये को हो । यो शाही जोडी अलग्गिने घोषणा तत्कालीन बेलायती प्रधानमन्त्री जोन मेजरले गरेका थिए । यद्यपि, सम्बन्धविच्छेद घोषणा गरेको करिब चार वर्षपछि सन् १९९६ को २८ अगस्टमा चार्ल्स–डायनाको औपचारिक रुपमा सम्बन्धविच्छेद भएको थियो । उनीहरुको  विवाह २९ जुलाई सन् १९८१ मा भएको थियो ।

राजकुमार चार्ल्स र डायनाको विवाहको चर्चा संसारभरी थियो । यो शाही विवाहलाई टिभीमा संसारभरीबाट १ अर्बभन्दा बढीले हेरेका थिए । उनीहरुको विवाह हेर्नका लागि ब्रिटेनमा क्याथेड्रलदेखि बर्मिंघम प्यालेस अगाडि ६ लाख व्यक्तिको उपस्थिति थियो ।

विवाहको एक वर्ष भित्र २१ जून सन् १९८२ मा प्रिन्स चार्ल्सको पहिलो सन्तान प्रिन्स विलियम्सको जन्म भएको थियो । १५ सेप्टेम्बर सन् १९८४ मा प्रिन्स चार्ल्सको दोस्रो छोराको जन्म भएको थियो । प्रिन्स विलियम्सका यी कान्छा छोराको नाम हेनरी राखियो । यद्यपि, पछि उनलाई प्रिन्स ह्यारीको नामले चिनिन थालियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार्ल्स र डायनाको सम्बन्धविच्छेदजस्तै उनीहरुको इन्गेजमेन्ट  र विवाह पनि संसारभरी चर्चामा रह्यो । इन्गेजमेन्टमा डायनाले असाध्यै महँगो औंठी लगाएकी थिइन् । त्यसको मूल्य त्यतिबेला ३० हजार पाउन्ड (४७ लाख रुपैयाँ) थियो जसमा एउटा निलम र १४ हिरा थिए ।

उक्त शानदार इन्जेगमेन्टपछि उनीहरुको विवाहको पहिरन डेविड र एलिजाबेथ इम्यानुएलले डिजाइन गरेका थिए । डायनाको विवाहको ड्रेसमा २४ फिटको घुम्टो थियो जसलाई हात्तिको दाँतले बनेको टाफेटा र उत्कृष्ट लेसले सजाइएको थियो ।

विवाह गर्दा डायना २० वर्ष थिइन् । यो शाही जोडीको विवाह केही वर्षमा नै खराब हुन थाल्यो । सम्बन्धविच्छेदको एक वर्षपछि ३१ अगस्ट सन् १९९७ मा एक सडक दुर्घटनामा डायनाको मृत्यु भयो , जबकी अप्रिल सन् २००५ मा प्रिन्स चार्ल्सले क्यामिला पार्करसँग विवाह गरे । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com