सामाजिक सञ्जालमा प्रभावशालीहरुले अमेरिकाको तीनबर्षे कामदार भिसा पाउनसक्ने


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

सामाजिक सञ्जालमा प्रभावशाली रहदै आएका सोसल मिडिया इन्फ्लुयन्सरहरुले पनि अमेरिकाको तीनबर्षको कामदार भिसा पाउनसक्ने कानून व्यवसायीहरुको भनाई छ । कानून व्यवसायीहरु डेभिड न्याचम्यान, लुड्का जिमोभ्काक, स्नेहल बात्रा र समान्था चार्सवर्थले सामाजिक सञ्जालमा प्रभावशालीहरुले पनि अमेरिकाको ओ वान बी भिसा प्राप्त गर्नसक्ने बताएका छन् ।

कुनै पनि सामाजिक सञ्जालमा लोकप्रियता र विश्वसनीयता कमाएकाहरुले अमेरिकामा बस्ने र काम गर्ने अवशरको खोजी गरिरहेको खण्डमा उनीहरुले ओ वान बी भिसाका लागि आवेदन दिन सक्नेछन् । उनीहरु यो भिसामा काम सम्बन्धित अवशरका लागि अमेरिका प्रवेश गर्न सक्छन् । यद्यपी आवेदक राष्ट्रिय वा अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त र प्रभावशाली हुनुपर्छ ।

सामाजिक सञ्जालमा प्रभावशाली रहेको उक्त आवेदक अमेरिकामा आइसकेपछि अमेरिकन कम्पनीमा काम गर्न र उक्त कम्पनीको सामाजिक सञ्जालमा प्रचारात्मक गतिविधि गर्न इच्छुक हुनुपर्छ । यात्रा, खेल, फेशन, जीवनशैली लगायतका क्षेत्रमा आवेदकका व्यापक फ्लोअर हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओ वान बी भिसा आधारभूत रुपमा चलचित्र र टेलिभिजन क्षेत्रमा असाधारण क्षमता देखाएका कलाकार र प्रस्तुतकर्ताहरुका लागि तय गरिएको भिसा हो । तर सामाजिक सञ्जालमा प्रभावशाली हुनुपनि व्यवसायिक सफलता र पहिचान भएकाले ओ वान बी श्रेणीमा भिसाका लागि सामाजिक सञ्जालमा प्रभाव राख्नेहरुलाई पनि समावेश गरिएको छ ।

यो भिसा तीनबर्षको हुन्छ भने एकबर्षसम्म थप गर्न समेत सकिन्छ । जुन कामका लागि आएको हो, त्यो पूरा गर्न अझै समय लाग्ने युएससीआईएसले निर्धारण गरेको खण्डमा एकबर्षसम्म भिसा थप गरेर ४ बर्षसम्म अमेरिकामा बस्न सकिन्छ । भिसाको मान्यता अवधिभन्दा १० दिन अगाडि नै अमेरिका आउन पाइने र मान्यता अवधि सकिएको १० दिनसम्म अमेरिका बस्न सकिने भएपनि कामभने मान्यता अवधिभित्र मात्र गर्नुपर्ने प्रावधान रहेको छ ।

भिसाको अवधि थप्नका लागि आई १२९ आवेदन, आई ९४ को प्रतिलिपी र भिसा थप्नुपर्नाको कारण उल्लेख गरेर पठाउनुपर्छ । ओ वान बी भिसा अमेरिकी रोजगारदाता वा अमेरिकी एजेण्ट वा अमेरिकी एजेण्टमार्फत विदेशी रोजगारदाताले पनि आवेदन दिनसक्छ । अमेरिका आएर काम सुरु गर्ने आशय भएको मितिभन्दा कम्तीमा ४५ दिन अगाडि रोजगारदाताले युएससीआईएस समक्ष आई १२९ आवेदन पेश गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com