जर्मन चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित, १६ वर्ष लामो मर्केल युगको अन्त्य


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

(AP Photo/Martin Meissner, POOL)

जर्मनीको चान्सलरमा सोसल डेमोक्रेटिक पार्टीका ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । एङ्गेला मर्केलको सरकारमा अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको स्थानमा ओलाफको उदय भएको हो । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् एफडीपीसँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो ।

विदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् । झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लागेकी छिन् । चान्सलर हुँदा उनी सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएकी थिइन् ।

गत सेप्टेम्बरमा भएको चुनावमा मर्केलको मध्यम दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन र त्यसको बेभेरियन साझेदार क्रिश्चियन सोसल युनियनका तुलनामा बढी सिट ल्याएर सोसल डेमोक्रेटिक पार्टी विजयी भएको थियो । दशौं लाख मतदाताहरुले १६ बर्षपछि मर्केलको विकल्प छान्न त्यहाँको संसदको तल्लो सदन बुन्डेस्टागको निर्वाचनमा मतदान गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबै २९९ निर्वाचन क्षेत्रको चुनावी परिणाम आइसक्दा सोसल डेमोक्रेटिक पार्टी २५ दशमलव ७ प्रतिशत , मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन २४ दशमलव १ प्रतिशत , ग्रिन पार्टी ११४ दशमलव ८  प्रतिशत र फ्रि डेमोक्रेटिक पार्टी ११ दशमलव ५ को स्थानमा देखिएको थियो । त्यसपछि गठबन्धन सरकार बनाउने पहल सुरु भएको थियो ।

सन् २०१७ को सेप्टेम्बरमा मर्केलले चुनावमा जीत हासिल गर्दा गठबन्धन सरकार बनाउन ५ महिनाभन्दा बढी समय लागेको थियो । तर यसपटक ३ महिनाभन्दा छोटो समयमा चान्सलर चुनिएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको जर्मनीमा अब नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com