भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष रावत चढेको सेनाको हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। रावत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन्।

जेनरल रावत भारतीय सेनाका पुर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्। हेलिकोप्टरमा १४ जना सवार रहेको बताइएको छ।

उनी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए। सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो। कुन्नुरको घना जंगलमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो। तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com