‘आफ्नो पिसाब पिउनेमात्र होइन आँखा–नाक–कानमा समेत हाल्छिन् ५३ वर्षीय महिला’


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

५३ वर्षकी एक महिलाले आफ्नो पिसाब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पिसाब पिउन सजिलो लाग्ने बताएकी छिन् ।

द सनका अनुसार​क्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् ।

यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिलेसम्म करिब ३,४०६ लिटर पिसाब गइसकेको छ । टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन् ।

क्यारीले भनिन्, ‘पिसाबको गन्ध मेरो खानामा निर्भर हुन्छ । यसको स्वाद पछिल्लो चार वर्षमा मेरा लागि निकै परिवर्तन भएको छ । थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्याम्पेनजस्तो लाग्छ । तपाईं शरीरबाट निस्कने थुप्रै कुराको स्वाद चाख्न सक्नुहुन्छ । यस्ता धेरै कुरा छन् जुन मलाई मनपर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि  केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको बताइन् । मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्यान्सर हो । क्यारीले भनिन्, ‘म टुथपेस्टको साटो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन् ।

यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ? मलाई यो कुराले असाध्यै चिन्तामा पार्ने गर्छ ।’ डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन् । क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पिसाब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ । एजेन्सी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com