इरानकाे संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको अातंकवादी आक्रमणमा १२ काे मृत्यु, कयाैं घाइते


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

जेष्ठ २४, २०७४- इरानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको दुई छुट्टाछुट्टै हमलामा परेर १२ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। यस्तै तेस्रो हमलालाई भने इरानी सुरक्षाकर्मीले निस्तेज पारेको बताइएको छ।

संसद भवनभित्रको पहिलो बन्धक बनाइएको खबर बाहिर आएको थियो भने पछि हमला भएको बताइएको थियो। यस्तै खोमेनीको समाधिस्थलमा भने आत्मघाति बम बिस्फोट गराइएको इरानी मिडियाले बताएको छ। मिडियाका अनुसार संसद भवन भित्र चारजना आतंकवादीलाई सुरक्षाकर्मीले मारेका छन् भने एक अर्का आतंकवादीलाई समाधिस्थलमा पनि मारिएको छ।

सबै आक्रमणको जिम्मा आतंकवादी संघगठ इस्लामिक स्टेटले लिएको छ । आईएसले इरानमा गरेको यो नै पहिलो आक्रमण हो। आइएसले यसअघि इरानमा आक्रमण गर्ने धम्की दिँदै आए पनि आक्रमण भने गरेका थिएनन् ।

Source : Ekantipur

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com