इरानकाे संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको अातंकवादी आक्रमणमा १२ काे मृत्यु, कयाैं घाइते


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

जेष्ठ २४, २०७४- इरानको संसद र राजधानी तेहरानस्थित आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको दुई छुट्टाछुट्टै हमलामा परेर १२ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। यस्तै तेस्रो हमलालाई भने इरानी सुरक्षाकर्मीले निस्तेज पारेको बताइएको छ।

संसद भवनभित्रको पहिलो बन्धक बनाइएको खबर बाहिर आएको थियो भने पछि हमला भएको बताइएको थियो। यस्तै खोमेनीको समाधिस्थलमा भने आत्मघाति बम बिस्फोट गराइएको इरानी मिडियाले बताएको छ। मिडियाका अनुसार संसद भवन भित्र चारजना आतंकवादीलाई सुरक्षाकर्मीले मारेका छन् भने एक अर्का आतंकवादीलाई समाधिस्थलमा पनि मारिएको छ।

सबै आक्रमणको जिम्मा आतंकवादी संघगठ इस्लामिक स्टेटले लिएको छ । आईएसले इरानमा गरेको यो नै पहिलो आक्रमण हो। आइएसले यसअघि इरानमा आक्रमण गर्ने धम्की दिँदै आए पनि आक्रमण भने गरेका थिएनन् ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com