एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकको चेतावनी : ‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’


प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् ।

उनले भनिन्, ‘भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन । सत्य के हो भने अर्को निकै खराब हुनसक्छ ।यो थप संक्रामक र थप घातक दुबै हुनसक्छ ।’

उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् । उनको ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता उच्च भएको बताइन् । यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् ।

उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् । उनले फ्लुको जोखिमलाई हटाउन विश्वले एउटै खोप विकास गर्न नसक्नुको कुनै कारण नभएको पनि बताइन् । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com