ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक, यात्रा प्रतिबन्ध हटाउनेबारे विचार गर्दै अमेरिका


प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार

कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुको प्रारम्भिक निष्कर्ष रहेको छ । ओमिक्रोन भेरियन्ट विश्व र अमेरिकामा तीब्र गतिमा फैलिएपनि प्रारम्भिक संकेत अनुशार यो भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको देखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अमेरिकामा २० जनाभन्दा बढीमा ओमिक्रोन पुष्टी भएपनि कसैलाई पनि अस्पताल भर्ना गर्ने अवस्था आएको छैन ।

राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार तथा अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले ओमिक्रोनको प्रभावबारे अन्तिम निष्कर्षमा पुग्नु अगाडि वैज्ञानिकहरुले थप सुचना र तथ्यांकहरु प्राप्त गर्न आवश्यक रहेको बताएका छन् । दक्षिण अफ्रिकाबाट प्राप्त रिपोर्टहरु अनुशार ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिदो रहेपनि अस्पताल भर्ना हुने दर भने चिन्ता गर्नुपर्ने अवस्थामा नरहेको जनाईको छ ।

गम्भिरता एकदमै उच्च डिग्रीमा भएको जस्तो नदेखिने फाउचीको भनाई छ । तर डेल्टाको तुलनामा ओमिक्रोनले सिकिस्त नपार्ने वा कम खतरनाक रहेको अन्तिम निष्कर्ष निकाल्नु अगाडि सावधान हुनुपर्ने फाउचीले बताए । बाइडेन प्रशासनले ओमिक्रोनका कारण केही अफ्रिकन देशहरुबाट अमेरिका आउनमा लगाएको प्रतिबन्ध हटाउनेबारे विचार गरिरहेको समेत फाउचीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले अफ्रिकाका केही देशबाट अमेरिका आउनमा यात्रा प्रतिबन्ध लगाएपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजले रंगभेदी निर्णय भन्दै आक्रोश व्यक्त गरेका थिए । अफ्रिकन देशहरुमा परेको कठिनायीका लागि आफूहरुलाई नराम्रो लागेको र उपयुक्त समयमा यो प्रतिबन्ध हटाउनेबारे विचार भइरहेको फाउचीले बताएका छन् ।

अमेरिकाका कैयन राज्यमा ओमिक्रोन पुष्टी भएपनि अहिलेसम्म अमेरिकामा डेल्टाले नै धेरै संक्रमण गराएको छ । झण्डै ९९ प्रतिशत संक्रमण डेल्टा भेरियन्टकै कारण भएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकनहरुलाई भ्याक्सिन र बुस्टर शट लगाउन निरन्तर आग्रह गर्दै आएका छन् । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेपनि यो समस्याका रुपमा भने रहने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com