अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो ।
क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।
सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो । दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन । सिन्ह्वा/Photo: Agency
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।