न्युयोर्कमा नयाँ ठगीधन्दा: लाखौं पुरस्कार जितेको भन्दै चेक पठाएर रकम ठगी


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

कतै तपाईले सुपरमार्केटको ग्राहक चिठ्ठामा जितेको भन्दै चेक सहितको चिठी प्राप्त गर्नुभएको त छैन ? यदि त्यस्तो पत्र प्राप्त गर्नुभएको छ भने तपाईमाथि ठगले जाल थापेको हुनसक्छ । न्युयोर्कबासीहरुले सुपरमार्केटको ग्राहक चिठ्ठामा रकम जितेको भन्दै ठगहरुबाट पत्रहरु प्राप्त गरिरहेका छन् ।

८ लाख ८० हजार डलर पुरस्कार जितेको भन्दै ठगले सुरुमा ८ हजार डलरको नक्कली चेक पठाउने गरेका छन् । यो चेक सक्कली जस्तो नै देखिन्छ । यो चेक पठाएपछि उनीहरुले ८ लाख ८० हजार डलरमध्येको बाँकी रकम पाउन ७ हजार डलर लाग्ने भन्दै रकम माग्ने गरेका छन् ।

यदि तपाईले उनीहरुले पठाएको ८ हजार डलरको नक्कली चेकमा विश्वास गरेर प्रकृया शुल्क भन्दै मागेको ७ हजार डलर उनीहरुलाई पठाउनुभएको खण्डमा तपाई उनीहरुको पञ्जामा पर्नुहुनेछ र ठगिनुहुनेछ । तपाईलाई उनीहरुले पठाएको ८ हजार डलरको चेक बैंकले क्लीयर नगरेपछि बैंकलाई शुल्क तिर्नुपर्नेछ भने तपाईले पुरस्कारको लोभमा बुझाएको ७ हजार डलर पनि जानेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठगहरुले पठाएको पत्रमा बैंक प्रमाणित क्यासियर चेक पहिले नै तयार गरिएको र पठाउनमात्र बाँकी रहेको भन्दै प्रकृया शुल्कका नाममा मोटो रकम माग्ने गरेका छन् । टिम क्वालिटी कर्पोरेशन इन्कका नाममा पठाइएको पत्रमा फोन नम्बर समेत दिइएको छ भने अमेरिका र क्यानडामा कार्यालय रहेको भन्दै ठेगाना समेत दिइएको छ ।

न्युयोर्क राज्यका एटोर्नी जनरलको कार्यालयले यस्तो प्रकारका ठगीबारे सन् २०१९ यता १७२ वटा उजुरी प्राप्त भएको जनाएको छ । सन् २०२१ मा मात्र यस्ता ४६ वटा उजरी परेका छन् । संघीय व्यापार आयोगमा सन् २०२१ मा मात्र न्युयोर्कका सेवाग्राहीबाट यस्ता ३८५६ उजुरी परेका छन् । गतबर्षको तुलनामा यो ३० प्रतिशतले बढी हो ।

देशभरबाट भने यो प्रकारका ठगीका सन् २०२१ मा १ लाख ९ हजार ५ सय ५० उजुरीहरु परेका छन् । सन् २०२० को तुलनामा यो २६ प्रतिशतले बढी हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com