बेल्जियममा रुघा लागेका २ हिप्पोपोटामसमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

बेल्जियममा रुघा लागेका २ हिप्पोपोटामसमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको छ । बेल्जिमयको एन्टरपमा चिडियाखानामा रहेका इमानी र हर्मन नामका हिप्पोहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको चिडियाखानाले जनाएको छ ।

उनीहरुमा नाकबाट सिगान बग्ने बाहेक अरु लक्षण भने नदेखिएको जनाइएको छ । उनीहरुलाई कोरोना भाइरस कसरी सरेको हो भन्नेबारे केही स्पष्ट छैन । हेरचाह गर्ने कोही पनि व्यक्तिलाई लक्षण देखिएको छैन भने परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

१४ बर्षको इमानी र ४१ बर्षको हर्मन हिप्पोलाई आइसोलेसनमा राखिएको छ । अर्थात् चिडियाखानाको भ्रमण गर्नेहरुले उनीहरुलाई अहिलेका लागि हेर्न नपाइने जनाइएको छ । हिप्पोपोटामसमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।

चिडियाखानामा रहेका र पालेका जनावरहरुमा कोरोना संक्रमणका घटना विश्वभरी नै छन् । गतमहिना नेब्रास्कामा कोरोना संक्रमणबाट तीन हिमचितुवाको मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिमचितुवाहरु रेनी, एभरेष्ट र मकालुको निधन भएको थियो । लिंकन चिडियाखानाका दुईवटा सुमात्रा बाघहरु एक्सल र कुमारलाई पनि कोरोना संक्रमण भएको थियो । तर ति बाघहरु पनि निको हुन सफल भएका थिए ।

उक्त चिडियाखानामा पहिलो पटक जनावरलाई कोरोना संक्रमण अक्टोबर १३ मा भएको पुष्टी भएको थियो । जनावरहरुमा कोरोना संक्रमणको लक्षण देखिएपछि कर्मचारीले यसबारे थाहा पाएका थिए । थप संक्रमण हुन नदिन जनावरहरुलाई स्टेरोइड र एन्टीबायोटिकले उपचार गरिएको थियो ।

चिडियाखानामा रहेका अन्य जनावरलाई भने कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । सीडीसीले मान्छेबाट जनावरमा कोरोना संक्रमण हुने सम्भावना अत्यन्तै कम हुने बताएको छ । तर कहिलेकाँही संक्रमणको सम्भावना भएको नकार्न नसकिने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com