नर्थ क्यारोलिनामा झुक्किएर एउटै नम्बरका २ लोटरी किनेका व्यक्तिलाई ज्याकपट


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

नर्थ क्यारोलिनामा झुक्किएर एउटै नम्बरका २ लोटरी किनेका एकजनालाई दुईवटा ज्याकपट परेको छ । लक्की फर लाइफ नामको लटरी भरेको आफूलाई याद नभएपनि ज्याकपट जित्न सफल भएको उनले बताए ।

४९ बर्षका स्कटी थोमसले अनलाइनबाट लटरी टिकटको फर्म भरेका थिए । तर टेलिभिजनमा बास्केटबल खेल हेर्दै पल्टेको बेला अनलाइन फर्म भरेपनि आफूलाई भरे नभरेको भने याद नभएको उनले बताए ।

पहिलो लोटरी टिकटका लागि फर्म भरेको याद नभएपछि उनले सोही नम्बरमा दोश्रो पटक पनि फर्म भरेका थिए । भोलिपल्ट छोराले दुईवटा फरकफरक रकम सुचिकृत भएको बताएपछि मात्र उनले एउटै नम्बर दुईपटक भरेको थाहा पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोभेम्बर २७ मा खोलिएको लोटरीमा उनलाई मासिक २५ हजार डलर प्राप्त गर्ने दुई लोटरी परेका थिए । यो लक्की फर लाइफ लोटरीको दोश्रो ठूलो पुरस्कार थियो । पहिलो पुरस्कार हरेक दिन १ हजार डलर पाउने थियो ।

आफूले लोटरी जितेको थाहा पाएपछि भूईमा लम्पसार परेको उनले बताए । सुरुमा आफूलाई विश्वास नै नलागेको उनले बताए । उनले मासिक रुपमा नभई ७ लाख ८० हजार एकमुष्ठ प्राप्त गरेका छन् । ट्याक्स कटाएर उनले कुल ५ लाख ५१ हजार ८ सय ५१ डलर प्राप्त गरेका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com