अमेरिकाको राजनीतिमा ७९ बर्ष सेवा गरेका बरिष्ठ रिपब्लिकन नेता बब डोलको ९८ बर्षको उमेरमा निधन भएको छ । डोलले २७ बर्षसम्म कन्सासबाट अमेरिकी सिनेटरका रुपमा प्रतिनिधित्व गरेका थिए ।
दोश्रो विश्वयुद्धमा बब डोल अमेरिकी सेनामा सुचिकृत थिए ।
सन् १९६९ देखि सन् १९९६ सम्म कन्सास सिनेटर डोलले सन् १९९६ को राष्ट्रपति चुनावमा बिल क्लीन्टनबिरुद्ध रिपब्लिकन पार्टीका तर्फबाट प्रतिस्पर्धा गरेका थिए । उनले राष्ट्रपति चुनावमा ४० दशमलव ७ प्रतिशत मत प्राप्त गरेका थिए ।
सन् २०१८ मा बब डोललाई अभिवादन गर्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प ।
डोल दुईपटक सिनेटमा रिपब्लिकन पार्टीका तर्फबाट बहुमतप्राप्त दलको नेता समेत भएका थिए ।
सन् १९८८ मा पनि उनले रिपब्लिकन प्राइमरीमा राष्ट्रपति पदका लागि उम्मेदबारी दिएका थिए ।
सन् १९८७ देखि १९९६ सम्म उनी सिनेटमा अल्पमतमा रहेको रिपब्लिकन पार्टीको नेता थिए ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
सन् १९९४ मा पूर्व राष्ट्रपति रिचार्ड निक्सनको दाहसंस्कारमा बब डोल ।
सिनेटका महत्वपूर्ण कमिटिहरुमा काम गरेका उनी सन् १९६१ देखि सन् १९६९ सम्म कन्सासबाटै प्रतिनिधिसभामा सदस्य रहेका थिए ।
सन् २०१५ मा बब डोललाई अभिवादन गर्दै तत्कालिन राष्ट्रपति बराक ओबामा ।
सन् १९५१ देखि सन् १९५३ सम्म उनी कन्सासको संसदमा समेत सदस्य रहेका थिए ।
राष्ट्रपति जिम्मी कार्टरको भाषण सुन्दै सन् १९८० मा राष्ट्रपति चुनावमा प्राइमरीमा उम्मेदबारी दिएका बब डोल
सन् १९२३ मा कन्सासको रसेलमा जन्मिएका उनको निधन कन्सासमै भएको हो । दोश्रो विश्वयुद्धमा गम्भिर घाइते भएका उनले पटकपटक स्वास्थ्य समस्याको सामना गर्नुपरेको थियो ।
सन् १९९६ मा चुनावी अभियानका क्रममा बब डोल ।
सन् १९९१ मा उनको प्रोस्टेट क्यान्सरको सर्जरी भएको थियो भने २००१ मा पेटको सर्जरी गरिएको थियो ।
सन् १९९६ मा बिल क्लीन्टनसँगको राष्ट्रपतिय बहसपछि बब डोल ।
सन् २००५ मा घरमै लडेका कारण अस्पताल भर्ना हुनुपरेको थियो भने सन् २००९ मा गोडामा भएको संक्रमणका कारण अस्पताल भर्ना हुनुपरेको थियो ।
दोश्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा इटली घाइते बब डोललाई निको हुन तीनबर्ष लागेको थियो ।
गत फरबरीमा उनले फोक्सोको क्यान्सरको उपचार भइरहेको बताएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।